१३ असार २०८३, शनिबार

मलमा अनुदान कटौतीको निर्णयविरुद्ध एमाले र कांग्रेसले चक्का जाम गर्ने

मलमा अनुदान कटौतीको निर्णयविरुद्ध एमाले र कांग्रेसले चक्का जाम गर्ने

कांग्रेस–एमालेसहितका किसान संघ, संगठनहरूले मलका दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

बुधबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी कांग्रेसनिकट नेपाल किसान महासंघ, एमालेनिकट अखिल नेपाल किसान महासंघ र राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन् ।

पत्रकार सम्मेलनमा सो माग तत्काल सम्बोधन गराउन दबाबस्वरूप प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई ज्ञापन पत्र बुझाउनेसहित आन्दोलनका कार्यक्रम पनि घोषणा गरिएको छ ।

किसानलाई दिइँदै आएको एक मात्रै सो अनुदान अविलम्ब फिर्ता गराउन चैत्र ३ गते शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, देशभरका स्थानीयस्तरमा संयुक्त किसान संघर्ष समिति निर्माण गरी धर्ना, जुलुस, चक्काजामलगायत आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरिएको अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले जानकारी दिए।

उनले किसानलाई राहत दिन शुरू गरिएको सो आन्दोलन आफूहरूको माग पूरा नभएसम्म जारी रहने चेतावनीसमेत दिए।

यही फागुन २६ गते नेपाल सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो ।

सरकारको सो निर्णयप्रति देशभरका किसान हकहितसँग सम्बन्धित संघ, संगठनहरूले आपत्ति जनाउँदै तत्काल फिर्ता लिन माग गर्दै दबाबस्वरुप आन्दोलन शरू गरेका छन् ।

पत्रकार सम्मेलनमा मल कारखाना स्थापना गर्ने निर्णय तत्काल कार्यान्वयनमा ल्याउन पनि सरकारलाई सचेत गराइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्