×

Nic Asia
Prabhu Bank

लालु यादवलाई धरौटी राखेर पक्राउ नगर्न अदालतले दियो आदेश, भाजपासँग भिडन्त

चैत १, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

रोजगारीका लागि भूमि सम्बन्धी घोटालामा भारतको बिहार राज्यका पूर्व मुख्यमन्त्री लालु प्रसाद यादवलाई धरौटी राखेर पक्राउ हुनबाट रोकिएको छ । 

yONNEX
Frooti
Appy

राउज एभेन्यु अदालतले लालुसँग ५० हजार भारुको धरौटी लिने आदेश दिँदै प्रहरीलाई पक्राउ नगर्न भनेको छ । सन् २००४ देखि २००९ सम्म रेल मन्त्री हुँदा लालु र उनको परिवारले जागिर दिने नाममा मानिसहरूसँग जग्गा उपहार लिएर भ्रष्टाचार गरेको आरोप छ । 


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

लालुलाई यस मुद्दा पक्राउ नगरिने भएपछि उनको राष्ट्रिय जनता दलका विधायकहरूले खुशियाली मनाएका छन् । 


Advertisment
Lokantar App
Saurya island

ती विधायकहरूले राजभवनसम्म जुलुस लैजाने तयारी गरेका भारतीय जनता पार्टीका विधायकहरूसँग झगडा गरेका थिए । आफूहरूमाथि लड्डुको बट्टा फ्याँकिएको भाजपा नेताहरूको आरोप छ । 

JYOTI
Vianet communication

झगडाको क्रममा भाजवा विधायक अरुण सिन्हाको कुर्ता पनि च्यातिएको छ । 

भाजपाका सबै विधायक लखेन्द्र पासवानको निलम्बनको विरोध गर्दै सदनबाहिर धर्ना दिइरहेका थिए । त्यसैबीचमा आरजेडीका विधायकहरू लालु पक्राउ नपरेको खुशीमा लड्डु लिएर पुगेका थिए । 

उनीहरूले भाजपा विधायकलाई पनि लड्डु दिन खोजेका थिए । आफूहरूले लड्डु लिन नमानेपछि बट्टा फ्याँकेको भाजपा विधायकहरूको भनाइ छ । 

भाजपा विधायक भूषण ठाकुर बचौलले आफूलाई जबर्जस्ती लड्डु खुवाइएको बताए । 

पछि विधानसभाका सभामुखले लखेन्द्र पासवानको निलम्बन फिर्ता लिएका थिए । निलम्बन फिर्ता लिइएपछि पासवान विधानसभा बैठकमा सहभागी बने । 
 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १६, २०८०

रुसको राजधानी मस्कोमा मंगलवार बिहान गरिएको ड्रोन आक्रमणमा विभिन्न भवनहरूमा क्षति पुगेको छ ।  उक्त आक्रमण युक्रेनले गराएको आरोप रुसको रक्षा मन्त्रालयले लगाएको छ ।  कुल आठवटा ड्रोनबाट आक्रमण गरिएक...

जेठ १६, २०८०

उत्तर कोरियाले आगामी जुन महिनामा आफ्नो सैन्य गुप्तचर उपग्रह प्रक्षेपण गर्ने भएको छ ।  त्यहाँको सरकारी सञ्चारमाध्यमले एक वरिष्ठ रक्षा अधिकारीलाई उद्धृत गर्दै दिएको खबरअनुसार, सैन्य उपग्रहमार्फत उत्तरले अमेरिका...

जेठ १६, २०८०

चिनियाँहरूले सोडियमको शक्तिबाट चल्ने तीन विभिन्न किसिममा कार बनाएका छन् ।  यी कारहरू पेट्रोलबाट चल्ने वा विद्युतीय कारहरूभन्दा सस्तो पर्छन् । स्वच्छ ऊर्जालाई प्रोत्साहन गर्ने भएकाले वातावरणवादीहरू यो कार बज...

जेठ १६, २०८०

जापान सरकारले मंगलवार ५ वर्षे कार्ययोजना लागू गरेको छ । गर्मीका कारण विगत ५ वर्षमा वार्षिक औसत १ हजार २९५ जनाको निधन हुने गरेकामा सन् २०३० सम्ममा  त्यस्ता मृत्युको संख्या आधा घटाउने लक्ष्य राखिएको छ । ...

जेठ १६, २०८०

चीनले द्रुत गतिमा अघि बढाइरहेको अन्तरिक्ष कार्यक्रम अन्तर्गत सन् २०३० अगावै चन्द्रमामा अन्तरिक्षयात्रीहरू उतार्ने योजना सार्वजनिक गरेको छ ।  चिनियाँ अधिकारीहरूले सोमवार गरेको घोषणा अमेरिकासँगको प्रतिस्पर्धा ...

जेठ १७, २०८०

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्को र वरपरको क्षेत्रमा ड्रोन आक्रमण गरेर युक्रेनले रुसीहरूलाई तर्साउन खोजेको बताएका छन् । “हामीले कमाण्ड युक्रेनका सेन्टरहरूमाथि प्रहार गर्ने कुरा गरेका छौँ । यसको प्रति...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

जेठ १४, २०८०

सामान्यतया  रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार  भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...

ad
x