०५ साउन २०८३, मंगलबार

रचना रिमालको स्वरमा ‘यो धोकेबाजको राज्य हो’ [भिडियो]

रचना रिमालको स्वरमा ‘यो धोकेबाजको राज्य हो’ [भिडियो]

‘यो धोकेबाजको राज्य हो’ बोलको गीत फिमेल भर्सनमा सार्वजनिक भएको छ ।

यसअघि चर्चित गायक प्रमोद खरेलको स्वरमा सार्वजनिक गीतलाई स्रोता दर्शकले रुचाएसँगै यसको फिमेल भर्सन ल्याइएको हो । 

फिमेल भर्सनमा पछिल्लो छिमलकी चर्चित गायिका रचना रिमालले स्वर दिएकी छिन् ।

बुधवार रचनाको स्वरमा सजिएको फिमेल भर्सन युट्युबमा सार्वजनिक गरिएको हो । 

सुनिल बिसीको शब्द एवं कम्पोज रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन् । भिडियोमा गायिका रचना स्वयंम प्रस्तुत छिन् । 

स्टुडियोभित्रै छायाँकन गरिएको भिडियोलाई देवराज आचार्यले छायाँकन, मिलन विश्वकर्माले कलर एवं लक्ष्मण चौहानले सम्पादन गरेका हुन् । 

सुनिल बिसीको प्रस्तुति रहेको गीत उनकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्