०६ असार २०८३, शनिबार

फर्जी ‘नेपाल इन्जिनियरिङ कलेजलाई एमयूले सम्बन्धन दियो

कात्तिक २०, २०७४
फर्जी ‘नेपाल इन्जिनियरिङ कलेजलाई एमयूले  सम्बन्धन दियो
सुर्खेत, १२ भदौ- मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले फर्जी कम्पनीबाट सञ्चालित कलेजलाई सम्बन्धन दिएको खुलेको छ । इन्जिनियरिङ संकायका डिनको असहमतिकै बीच साउन २९ गते बसेको एमयू कार्यकारी परिषद् बैठकले नेपाल इन्जिनियरिङ कलेज प्रालिलाई सम्बन्धन दिने निर्णय गरेको हो, कान्तिपुरमा खबर छ ।MU-27082017092750-1000x0

बैठकमा परिषद् सदस्यसमेत रहेका डिन यमबहादुर कार्कीले ‘विवादास्पद’ कम्पनीबाट सञ्चालित हुने कलेजलाई सम्बन्धन दिन नहुने धारणा राखेका थिए । सम्भाव्यता अध्ययन कार्यदललाई बाइपास गर्दै विश्वविद्यालयका उपकुलपति प्राडा. उपेन्द्रकुमार कोइराला, रजिष्ट्रार महेन्द्रकुमार मल्ल आफैंले प्रतिवेदन तयार पारेको पाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्