२७ जेठ २०८३, बुधबार

आजदेखि डीडीसीले बढायो दूधको मूल्य, कति पुग्यो ?

आजदेखि डीडीसीले बढायो दूधको मूल्य, कति पुग्यो ?

दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य वृद्धि गरेको छ । डीडीसीले आजदेखि लागू हुनेगरी दूधको मूल्य बढाउने निर्णय गरेको हो।  मन्त्रिपरिषदले निर्णय अनुसार वृद्धि भएको मूल्यमा संस्थानले किसानवाट दूध खरिद गरिसकेको र बिहीबारदेखि उपभोक्ता मूल्य पनि बढाइएको डीडीसीका महाप्रवन्धक सन्जिव झाले जानकारी दिए । 

उनका अनुसार अब स्टान्डर्ड दूध (निलो प्याकेटको) मूल्य प्रतिलिटर ११ रुपैयाँ बढेर ९७ रुपैया पुगेको छ । 

त्यस्तै, गाईको दूधको मूल्य ११६ रुपैयाँ र चिया दूधको मूल्य प्रतिलिटर ९० रुपैयाँ पुगेको छ । 

salt training

कमेन्ट गर्नुहोस्