
सत्ता गठबन्धनको बैठक बिहीबार पनि बस्दैछ । यसअघि बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भएको थियो ।
आजको बैठकमा उपराष्ट्रपति निर्वाचनको लागि १० दलको बीचमा समझदारी कायम गर्न प्रयास गरिने बताइएको छ ।
गठबन्धनबाटै उपराष्ट्रपतिमा तीन जनाको उम्मेदवारी छ । जसमा एक जनाले आफ्नो उम्मेदवारी निष्क्रिय पारेपनि अझै दुई जना कायमै भएपछि गठबन्धन एक जना साझा उम्मेदवार तय गर्न प्रयासरत छ । बुधबारको बैठकमा यसबारे सहमति जुटाउन प्रयास भएपनि बैठक निष्कर्षविहीन भएको थियो ।