![यूएईविरुद्ध नेपालको खेल हेर्न कीर्तिपुरमा समर्थकहरू बिहानैदेखि लामबद्ध [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/335575425_597528085308911_3174378051341159237_n_gy53uhkLyO.jpg)
विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीवार बिहान घरेलु टोली नेपालले यूएईविरुद्ध खेल्ने खेल हेर्न नेपाली समर्थकहरू बिहानैदेखि लामबद्ध भएका छ ।
त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको खेल मैदानमा बिहान साढे ९ बजेदेखि हुने खेल हेर्न समर्थकहरू बिहानैदेखि लामबद्ध देखिएका छन् ।
खेल जितेर विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउने लक्ष्यका साथ नेपाल मैदान प्रवेश गर्दैछ । यसअघि भएका खेलमा नेपालले यूएईलाई २ खेलमा पराजित गरिसकेको छ । नेपालले आगामी ४ वर्षका लागि १ दिवसीय मान्यता पाइसकेको छ ।
बिहीवारको खेलमा यूएईलाई हराउन सके नेपालले विश्वकप छनोटमा सिधै स्थान बनाउनेछ भने यूएईसँग नेपाल हारेमा नामिबिया विश्वकप छनोटमा प्रवेश गर्नेछ ।











