२५ असार २०८३, बिहीबार
आईसीसी विश्व क्रिकेट 'लिग टु'

नेपाललाई तेस्रो सफलता, यूएईका पूर्वकप्तान रिजवान सीपी रनआउट

नेपाललाई तेस्रो सफलता, यूएईका पूर्वकप्तान रिजवान सीपी रनआउट
फाइल फोटो

खतरनाक फर्ममा रहेका यूएईका कप्तान मोहम्मद वासिम आउट भएका छन् ।

आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ ।

पूर्वकप्तान रिजवान सीपी रनआउट भएका हुन् । यसअघि कप्तान मोहम्मद वासिमलाई सन्दीपले एलबीडब्लू धरापमा पारेका थिए भने आर्यान लाक्रा ललित राजवंशीको बलमा बोल्ड भए ।

यो समाचार तयार पार्दासम्म २४ ओभरमा यूएईले ३ विकेट गुमाएर १२४ रन जोडेको छ ।

शीर्ष तीनमा पर्दै विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपालका लागि यो खेल जित्नैपर्ने दबाब छ ।

salt training

कमेन्ट गर्नुहोस्