२८ जेठ २०८३, बिहीबार
आईसीसी विश्व क्रिकेट 'लिग टु'

यूएईविरुद्ध नेपाललाई चौथो सफलता

यूएईविरुद्ध नेपाललाई चौथो सफलता

आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत यूएईविरुद्धको निर्णायक खेलमा नेपालले चौथो सफलता हात पारेको छ ।

दीपेन्द्र सिंह ऐरीले यूएईका युवा ब्याट्सम्यान आयान खानलाई गुल्सन झाको हातबाट क्याच गराएका हुन् ।

यसअघि रिजवान सीपी रनआउट भएका थिए भने क्याप्टेन मोहम्मद वासिमलाई सन्दीप लामिछानेले एलबीडब्लु धरापमा पारेका थिए ।

शुरूआती विकेटका रूपमा ललित राजवंशीले आर्यन लाक्रालाई बोल्ड गरेका थिए ।

यो खेल जितेमा नेपाल सिधै विश्वकप छनोटमा स्थान बनाउन सफल हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्