
भारतमा फेरि कोरोना भाइरस संक्रमित बढ्न थालेका छन् । देशका ६ राज्यमा कोरोना संक्रमण बढेको देखिएको हो ।
संक्रमित बढ्न थालेपछि केन्द्र सरकारले जाँचलाई बढाउन निर्देशन दिएको छ । साथै कोरोना विरुद्धको खोप अभियानलाई पनि तीब्र बनाउन निर्देशन दिइएको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमका अनुसार महाराष्ट्र, गुजरात, तेलंगाना, तमिलनाडु, केरल र कर्नाटकमा कोरोना संक्रमित बढिरहेका छन् । लगातार संक्रमित बढिरहेकोप्रति भारत सरकारले चिन्ता व्यक्त गरेको छ ।