१६ असार २०८३, मंगलबार

क्रिकेटका विजेता खेलाडीलाई जनही ३ लाख पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डको घोषणा

क्रिकेटका विजेता खेलाडीलाई जनही ३ लाख पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही ३ लाख राशीको पुरस्कार घोषणा गरेका छन् ।

विजेता खेलाडीहरूलाई शुक्रवार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्री प्रचण्डले पुरस्कारको घोषणा गरेका हुन् ।

खेलाडीहरूलाई सम्मान गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मलाई अत्यन्त खुशी लागेको छ । हिजो तपाईंहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईंहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ । देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ । आगामी दिनमा समेत तपाईंहरूको प्रदर्शन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु ।’

null

‘विश्वकप छनोटका लागि तपाईंहरूलाई थप सफलता मिलोस् । म तपाईंहरूको सुखदुखमा साथमै हुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यसअघि पनि सरकारले तपाईंहरूलाई जनही २ लाख राशीले पुरस्कृत गरिसकेको छ । आज म तपाईंहरूलाई जनही ३ लाख पुरस्कार प्रदान गर्ने घोषणा गर्दछु ।’

कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद्लाई प्रचण्डले निर्देशित गरेका छन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘यस सन्दर्भमा मूलपानी, चितवन लगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।’
 

salt training

कमेन्ट गर्नुहोस्