
रविको पार्टीले उपराष्ट्रपतिमा सीके राउतको पार्टीकी उम्मेदवारलाई भोट दिने भएको छ ।
यसअघि राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई भोट हालेको राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपतिमा भने जनमतकी ममता झालाई भोट हाल्ने निर्णय गरेको हो ।
यसअघि पनि रास्वपाले मतदान भइरहेको समयमा आन्तरिक निर्णय गरेर कांग्रेस उम्मेदवार पौडेललाई भोट दिएको थियो ।
आफूजस्तै जनमत पार्टी नयाँ भएकोले भोट दिने निर्णय गरेको रास्वपाको नेताको भनाइ छ ।
रास्वपाका प्रतिनिधिसभामा १९ सांसद छन् ।
उनीहरूसँग १५०१ मतभार रहेको छ ।
उपराष्ट्रपतिमा सत्ता गठबन्धनतर्फ जसपाका रामसहाय यादव, एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमतबाट ममता झा उम्मेदवार छन् । ३ बजेसम्म मतदानको लागि समय छ । सत्ता गठबन्धनमा आवद्ध भए पनि जनमतलाई अरू दलको साथ र समर्थन देखिएको छैन ।