
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस महामन्त्री गगन थापालाई चर्का कांग्रेसीको संज्ञा दिएका छन् ।
कांग्रेस महामन्त्री गगन थापाले २०८४ सालसम्म एमालेसँग सहकार्य हुँदेन भनेर दिएको अभिव्यक्तिप्रति ओलीले कटाक्ष गरे ।
‘अस्ति मैले कांग्रेसँग सहकार्य हुदैन भन्ने कसम खाएको छैन भनेको थिए । एकजना चर्का कांग्रेसले साल तोकेर प्रतिपक्षमा भेट हुन्छ भन्नु भएछ । अहिले पनि त भेट भइराखेको छ । उहाँहरूको कुराले निकै त्यहाँभित्र ठूलो गडबडी देखिन्छ’ शुक्रवार उपराष्ट्रपतिमा भोट हालेपछि संसद परिसरमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले भने ।
राष्ट्रपति निर्वाचनको दिन ओलीले कांग्रेसँग सहकार्यको संकेत गरेका थिए । ‘अहिले नै यसबारे केही नभनौँ भन्ने बेला भएको छैन । सबै कुरा भनें भने कहाँ तयारी हुन्छ ?’ पत्रकारको प्रश्नमा शुक्रबार ओलीले भने ।
ओलीले आज उपराष्ट्रपतिको निर्वाचनमा मतदानपछि कांग्रेससँगको सहकार्यबारे बोल्ने बेला नभएको बताए।
यसै क्रममा ओलीले महामन्त्री थापातर्फत कटाक्ष गर्दै 'चर्का कांग्रेसी' को अभिव्यक्ति दिएका हुन्।