२३ जेठ २०८३, शनिबार

शीतलनिवास नै बोलाएर राष्ट्रपतिले राष्ट्रिय क्रिकेट टीमलाई दिए बधाई

शीतलनिवास नै बोलाएर राष्ट्रपतिले राष्ट्रिय क्रिकेट टीमलाई दिए बधाई

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टीमका सदस्यहरूलाई बधाई दिएका छन् ।

शुक्रबार नेपाली टीमले आईसीसी विश्वकप लिग २ को खेलमा यूएईविरुद्ध  सनसनीपूर्ण जीत निकालेका थियो।

राष्ट्रपति पौडेलले शीतलनिवासमै बोलाएर उनीहरूलाई बधाई तथा शुभकामना दिएका राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए । 

शीतलनिवासमा आयोजित कार्यक्रममा पौडेलले राष्ट्रिय टिमका खेलाडी, प्रशिक्षकलाई माला लगाएर सम्मान गरे। 

सीमित स्रोत साधन र पूर्वाधारमा नेपाली क्रिकेट टिमले प्राप्त गरेको उपलब्धि महत्वपूर्ण रहेको उनले बताएका थिए ।

राष्ट्रका लागि खेलाडीले पुर्‍याएको योगदान गौरव गर्न लायक रहेको भन्दै पौडेलले राज्यले पर्याप्त पूर्वाधार निर्माणमा लगानी गर्नुपर्ने पनि बताए । 

एकदिवसीय विश्वकप छनोट खेल्न जान लागेको टोलीलाई पौडेलले शुभकामना दिए । 

बिहीबार नेपालले यूएईलाई डिएल मेथडमा ९ रनले पराजित गरेको थियो । 

पछिल्ला १२ खेलमा नेपालले ११ वटामा जिते निकालेको हो। 

salt training

कमेन्ट गर्नुहोस्