२७ जेठ २०८३, बुधबार

इन्डो-नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिता विराटनगरमा हुने

इन्डो-नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिता विराटनगरमा हुने

इन्डो-नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा हुने भएको छ ।

नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगरमा चैत ४ देखि ७ गतेसम्म हुने भएको हो । आयोजकले विराटनगरमा आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराएको छ ।

प्रतियोगितामा इन्डियाको अल इन्डिया वुमन टी-२० क्रिकेट एसोसिएसन र विराटनगर क्रिकेट क्लब एन्ड एकेडेमीबीच मैत्रीपूर्ण प्रतियोगिता हुने नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिता ५० ओभरको १ र ३ वटा टी–२० प्रतियोगिता हुने उनले बताए ।

विराटनगर क्रिकेट क्लब एन्ड एकेडेमीको तर्फबाट रुबिना क्षेत्रीको कप्तानीमा प्रतियोगिता खेल्नेछन् ।

विराटनगरको तर्फबाट काजल श्रेष्ठ, सुबनम राई, अपना बेगम, कविता जोशी, सम्झना खड्का, आष्मा कर्माचार्य, कविता गौतम, सानु राजवंशी लगायतका  अन्तर्राष्ट्रिय महिला खेलाडीहरूले खेल्नेछन् । उक्त प्रतियोगिता विराटनगर ६ स्थित मेल्बन ज्वाला क्रिकेटको खेल मैदानमा हुनेछ ।

प्रतियोगिताको विजेतासहित वेस्ट ब्याटर, वेस्ट बलर, वेस्ट प्लेयर अफ द टुर्नामेन्ट, वेस्ट किपरले पुरस्कार पाउने बताइएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्