१२ साउन २०८३, मंगलबार

काठमाडौंमा साफिस इन्टरनेशनल इन्डोक्राइन सम्मेलन

काठमाडौंमा साफिस इन्टरनेशनल इन्डोक्राइन सम्मेलन

२ दिने ‘साफिस इन्टरनेशनल इन्डोक्राइन सम्मेलन’ आजबाट काठमाडौंमा शुरू भएको छ । 

होटल हायातमा जारी सम्मेलनमा विभिन्न देशका अन्तराष्ट्रियस्तरका विज्ञ सहभागी छन् । 

साफिस दक्षिण एसियाली राष्ट्रहरूमा रहेका इन्डोक्रीनोलोजी सोसाइटीहरूको छाता संगठन हो ।

यसमा बंगलादेश, भारत, अफगानिस्तान, श्रीलंका, पाकिस्तान, माल्दिभ्स र नेपालका इन्डोक्राइन सोसाइटीहरू आबद्ध छन् ।

सम्मेलन शुरू हुनुअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै साफिसकी निवर्तमान अध्यक्ष वरिष्ठ इन्डोक्रीनोलोजिष्ट डा दीना श्रेष्ठले मधुमेह समस्याको रोकथामका लागि चिकित्सक, बिरामी तथा परिवारका सबै सदस्यहरू मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।

मधुमेहले स्वयंमलाई मात्र नभई उसको परिवार र सिंगो समाजलाई नै मानसिक र आर्थिक रूपमा नकारात्मक प्रभाव पार्ने बताउँदै मधुमेहबाट हुने नकारात्मक प्रभावलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नै सम्बोधन गर्नेपर्नेमा सरोकारवाला चिकित्सकहरूले जोड दिएका थिए ।

मधुमेह, थाइराइड तथा अन्य हर्मोनसँग सम्बन्धित रोगहरूको विरुद्ध व्यक्तिगत, पारिवारिक, सामाजिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भइरहेको लडाइँमा एकजुट हुन पनि चिकित्सकहरूको आग्रह थियो ।

सम्मेलनको शुरूमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित वृत्तचित्र ‘मधुमेह भाग–२’ को प्रिमियर शो गरिएको थियो ।

सम्मेलनमा विभिन्न देशका अन्तराष्ट्रियस्तरका विज्ञहरूबाट मधुमेह, थाइराइड, मोटोपना तथा अन्य हर्मोनसँग सम्बन्धित रोगहरूमा अनुसन्धानमूलक कार्यपत्रहरू पेस गरिनेछ ।

त्यस्तै अर्को जटिल समस्याको रुपमा रहेको थाइराइडसम्बन्धी समस्याको पनि पहिचान, उपचार तथा रोकथामका लागि अनुसन्धानमूलक साझा सहमतिसहित निर्देशिकासमेत प्रस्तुत गरिने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्