चैत ९, २०७९
अनलाइन माध्यमबाट भेटिएका युवायुवतीले विवाह गरे तर उनको वैवाहिक जीवन धेरै टिक्न सकेन । आइसल्यान्डमा भएको घटनामा सम्बन्धविच्छेदपछि महिलाले पुरुषलाई लगातार धम्की दिन थालिन् । ती महिलाले पूर्व पतिलाई म्यासेज प...
इरानले प्रतिबन्धित समूहको सदस्यताका लागि राजनीतिक बन्दीका रूपमा हेरिएका एक कुर्दिश व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिएको अधिकारवादी समूहले बताएका छन् ।
नर्वेस्थित इरानी मानव अधिकार (आईएचआर) र हेन्गाव अधिकार समूहले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै मोहायदीन एब्राहिमीलाई उत्तर–पश्चिमी इरानको उर्मिया जेलमा शुक्रबार बिहान फाँसी दिइएको जनाएको छ ।
अन्य पाँच जनालाई पनि शुक्रबार बिहान उर्मियामा लागूऔषधसम्बन्धी आरोपमा मृत्युदण्ड दिइएको समूहले जनाएको छ ।
सन् २०१७ मा पक्राउ परेका र सन् २०१८ मा मृत्युदण्डको सजाय सुनाइएका इब्राहिमीमाथि इरानको कुर्दिस बाहुल्य क्षेत्रको आत्मनिर्णयका लागि सशस्त्र सङ्घर्ष गर्दै आएको प्रतिबन्धित समूह कुर्दिस डेमोक्र्याटिक पार्टीमा संलग्न भएको आरोप लागेको थियो ।
इब्राहिमीले उक्त आरोप अस्वीकार गर्दै आएका थिए। अधिकारवादी समूहहरूले उनीले इराकबाट सामान बोक्ने भरियाको रूपमा मात्र काम गर्दै आएको बताएका छन् ।
आईएचआर र हेन्गाव दुवैले उनलाई ‘राजनीतिक बन्दी’ को रूपमा वर्णन गरेका छन् ।
आईएचआरका अनुसार इब्राहिमीलाई मृत्युदण्ड दिइने निश्चित भएपछि उनका छोरालाई पक्राउ गरिएको थियो । यसको विरोधमा उर्मिया जेलको ढोकाबाहिर बिहीबार अबेर प्रदर्शन पनि गरिएको थियो ।
हेन्गावका अनुसार इब्राहिमीको परिवारलाई सुरुमा सजाय निलम्बन भएपछि उनलाई अर्को जेलमा पठाउन लागेको बताइएको थियो ।
गत सेप्टेम्बर १६ मा २२ वर्षीया इरानी कुर्द महसा अमिनीको मृत्युभएपछि सुरु भएको प्रदर्शनको विरोधमा इरानले चार जनालाई मृत्युदण्ड दिएको छ ।
अधिकारवादी समूहहरूले सबै प्रकारका अभियोगमा मृत्युदण्ड दिने क्रम बढ्दो क्रममा रहेको भन्दै यसले समाजलाई विरोध गर्नेहरूलाई तर्साउन खोजेको तर्क गरेका छन् । आईएचआरका अनुसार इरानमा यस वर्ष कम्तीमा १४४ जनालाई मृत्युदण्ड दिइएको छ ।
अनलाइन माध्यमबाट भेटिएका युवायुवतीले विवाह गरे तर उनको वैवाहिक जीवन धेरै टिक्न सकेन । आइसल्यान्डमा भएको घटनामा सम्बन्धविच्छेदपछि महिलाले पुरुषलाई लगातार धम्की दिन थालिन् । ती महिलाले पूर्व पतिलाई म्यासेज प...
भारतको गुजरातस्थित सुरतमा रहेको एक अदालतले कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको कैद सजायको फैसला दिएको छ । सन् २०१९ मा उनीविरुद्ध दायर गरिएको फौजदारी मानहानिको मुद्दामा उनलाई दोषी ठहर गरी सजा...
गायक सोनु निगमका बुवाको घरमा चोरी भएको छ। निगमका बुवा अगमकुमारको घरबाट ७२ लाख भारु चोरी भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन्। उनका पुराना चालकलाई दोषी करार गरिएको छ। चाल...
युद्धका कारण क्षतिविक्षत बनेको युक्रेनको पुनर्निर्माणका लागि लगभग ४११ अर्ब डलर खर्च लाग्ने अनुमान गरिएको छ । युक्रेन सरकार, विश्व बैंक, युरोपेली आयोग र संयुक्त राष्ट्रसंघले मिलेर गरेको मूल्यांकनमा यस्तो अ...
संसारका दुई महाशक्ति मुलुक अमेरिका र चीनबीचको तनाव थप बढेको छ । अमेरिकी युद्धपोतले अनुमति नलिइकन दक्षिण चीन सागरमा चिनियाँ क्षेत्रभित्र प्रवेश गरेको आरोप चीनको सेनाले लगाएको छ । उक्त युद्धपोतमा अने...
श्रीलङ्काको निर्वाचन आयोगले स्थानीय परिषद्को निर्वाचन अनिश्चितकालका लागि स्थगन गरिएको घोषणा गरेको छ । आयोगका सदस्यहरूको बैठकपछि सञ्चारकर्मीलाई सम्बोधन गर्दै निर्वाचन आयुक्त समन श्री रत्नायकेले निर्वाचन कहिले गर्ने...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...