३० असार २०८३, मंगलबार

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

पुटिनमाथि युक्रेनमा युद्ध अपराधको आरोप लगाइएको बीबीसले लेखेको छ। 

उनले युक्रेनी बालबालिकालाई जबरजस्ती अवैध रूपमा रूस ल्याएको भनिएको छ । तर, रुसले यो वारेन्टलाई 'ट्वाइलेट पेपर'सँग तुलना गरेको छ । यस्तो अवस्थामा के अब पुटिनलाई गिरफ्तार गर्न सकिएला त ? चौतर्फी बहस हुन थालेका छन्। ​

यो वारेन्ट पुटिन बाहेक आईसीसीले रुसकी बालअधिकार आयुक्त मारिया अलेक्सेभना लभोभाबेलोभाविरुद्ध पनि जारी गरेको छ। 

राष्ट्रपति पुटिनले गत वर्ष फेब्रुअरी २४ मा युक्रेनविरुद्ध युद्धको घोषणा गरेका थिए । उनले यसलाई ‘सैन्य अभियान’ भनेका छन् । यो युद्ध झण्डै १३ महिनादेखि चलिरहेको छ। जसका कारण हजारौँले ज्यान गुमाइसकेका छन् भने यक्रेन निकै ध्वस्त भएको छ।  

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पुटिनलाई ‘युद्ध अपराध’का लागि बारम्बार जिम्मेवार ठहराएका छन्। जेलेन्स्कीले यसबारे आईसीसीमा उजुरी हालेका थिए। 
 

salt training

कमेन्ट गर्नुहोस्