०२ असार २०८३, मंगलबार

कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दैछ । आज प्रतिनिधिसभा बैठक अघि १२ बजे संसदीय दलको बैठक बस्न लागेको हो । 

बैठकले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गर्ने एक नेताले जानकारी दिए । 

यस अघि २६ पुसमा पनि कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो । 

राष्ट्रपति निर्वाचनमा कांग्रेस र माओवादी मिलेपछि एमाले सरकारबाट बाहिरिन पुग्यो । यसपछि कांग्रेस सरकारमा सहभागी हुने तयारीमा छ । 

सोमबार प्रधानमन्त्रीले विश्वासको मत लिएपछि दुई तीन दिनभित्रमा प्रधानमन्त्रीले सरकार विस्तारको तयारी गरेका छन् । 

संसदीय दलको बैठक अघि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नेछ । यी दुवै बैठक बानेश्वरस्थित संसद भवन परिसरकै हलमा बस्नेछन् । 

salt training

कमेन्ट गर्नुहोस्