०५ साउन २०८३, मंगलबार

सभामुखसँग सांसदले सोधे- पीत पत्रकारिता चलाउने को हो ? छानबिन समिति बनाऔं

सभामुखसँग सांसदले सोधे- पीत पत्रकारिता चलाउने को हो ? छानबिन समिति बनाऔं

पत्रकारहरू बिक्रीमा छन् भन्ने सभामुख देवराज घिमिरेको अभिव्यक्तिलाई लिएर सांसदहरूले संसदमा प्रश्न सोधेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा नेमकिपा सांसद प्रेम सुवालले सभामुखको अभिव्यक्ति सार्वजनिक महत्वको विषय भएकोले छानबिन समिति बनाएर अध्ययन गर्नुपर्ने बताएका हुन् । 

‘सभामुखज्यूको अर्को अभिव्यक्ति आएको छ । सभामुखले अध्ययन गरेर भन्नुभएको भए छानबिन समिति बनाऊँ । सबै पत्रकार त्यस्तो होइन होला । पीत पत्रकारिता चलाउने को हो हो ? कुन कुन हो ? सभामुखबाट उठेको कुरा सार्वजनिक महत्वको विषय हो, कुन कुन छानबिन गर्नुपर्‍यो’ विधेयकमाथि विरोधको सूचना पेश गर्ने क्रममा रोष्टमबाट सुवालले सोधे । 

त्यसअघि संसदको शून्य समयमा कांग्रेस सांसद रामहरि खतिवडाले पनि सभामुखको भनाइले प्रेस स्वतन्त्रतामा आघात पुग्ने बताए ।

‘व्यवस्थापिकाको प्रमुखले पत्रकार बिक्रीमा छन् भनेर दिएको अभिव्यक्तिले प्रेस स्वतन्त्रतामाथि आघात पुगेकोबारे सोचिएको छ कि छैन ? ध्यान जाओस’ खतिवडाले भने । 

salt training

कमेन्ट गर्नुहोस्