
नेपाली फिल्म र म्युजिक भिडियोकी लोकप्रिय अभिनेत्री आँचल शर्माले आज आफ्नो जन्मदिन मनाइरहेकी छिन् ।
सन १९९८ मार्चमा काठमाडौंमा जन्मिएकी आँचल आजबाट २६ वर्षमा लागेकी छन् ।
७ वर्षअघि प्रदर्शनमा आएको ‘नाई नभन्नू ल ४’बाट फिल्म यात्रा सुरु गरेकी उनले ३ वर्षअघि डा. उदीप श्रेष्ठसँग वैवाहिक जीवन सुरु गरेकी थिइन् ।
विवाहअघि र विवाहपछि पनि उनी फिल्म र म्युजिक भिडियो अभिनयमा उत्तिकै सक्रिय छिन् ।

आँचलको डेब्यू फिल्म ‘नाई नभन्नू ल ४’देखि ‘शत्रु गते’ हुँदै पछिल्लो फिल्म ‘झिंगेदाउ’सम्म बक्स अफिसमा हिट छन् । ‘झिंगेदाउ’ यस वर्षको भदौंमा प्रदर्शनमा आएको थियो ।
‘दाल भात तरकारी’ले औसत व्यापार गरे पनि उनी अभिनीत ‘जोनी जेन्टलम्यान’, ‘ब्ल्याक’ लगायतका केही फिल्महरू भने असफल भएका छन् ।
आँचल अभिनित केही फिल्महरू प्रदर्शनको तयारीमा छन् । ‘नाइँ नभन्नू ल ६’ आगामी वैशाख १ गतेबाट प्रदर्शनमा आउँदैछ भने ‘वर एण्ड वधु’को प्रदर्शन मिति तय भएको छैन । रेखा थापाको आगामी फिल्ममा समेत आँचलको अभिनय रहने चर्चा छ ।
आइतवार जन्मदिन मनाइरहेकी यी सुन्दरी अभिनेत्रीलाई सामाजिक सञ्जालमा थुप्रै चलचित्रकर्मी एवं शुभचिन्तकहरुले शुभकामना दिइरहेका छन् ।
