
कोशी प्रदेश नामकरणको विरोधमा पहिचानवादीहरूले विराटनगरमा गरेको प्रदर्शनका क्रममा ३ जना प्रहरी घाइते भएका छन्।
निषेधित क्षेत्रमा गएर प्रदर्शन गर्न खोजेपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको मोरङ जिल्ला प्रहरी कार्यालयका एसपी दीपक पोखरेलले जानकारी दिए।
प्रदर्शनकारीहरूले मुख्यमन्त्री कार्यालय अगाडि नै टायर बालेर विरोध जनाएका छन्।
विरोध बढ्दै गएपछि प्रहरीले अश्रुग्याससँगै ४ राउण्ड हवाई फायर पनि गरेको थियो। उक्त क्रममा केही प्रदर्शनकारी पनि घाइते भएका बताइएको छ।
प्रदेश नम्बर १ को पुनः नामकरण गर्नुपर्ने भन्दै संयुक्त संघर्ष समितिको आयोजनामा केही दिनदेखि प्रदर्शन भइरहेको छ।