अमेरिकाको लस एन्जलसमा टीभीमा मौसमको खबर दिइरहेकी महिला प्रत्यक्ष प्रसारणकै क्रममा ढलेकी छन् ।
अलिसा कार्लसन स्वार्जले मौसमको खबर दिँदै गर्दा अचानक सेती भइन् अनि आफ्नो डेस्कतर्फ अप्ठ्यारो गरी टेको लगाइन् ।
उनले आफूलाई सम्हाल्न कोशिश गरेको भए पनि उनको आँखा फर्किएको थियो ।
त्यसपछि उनी अगाडितिर ढलेकी थिइन् र टेबलमा उनको टाउको झण्डै ठोकिएको थियो ।
उनीसँगैका एंकरहरू निशेल मेदिना र रेशल किमले शुरूमा त उनी ढलेको थाहै पाएनन् ।
त्यसको केही सेकेन्डमा किमले ओह भन्छिन् अनि हामी एउटा ब्रेकमा जाँदैछौं भन्छिन् ।
त्यसपछि टीभीले विज्ञापन बजाउन थालेको थियो ।
घटनापछि टीभीले लाइभ शो प्रसारण गरेन ।
पछि दिउँसो स्वार्जले आफू ठीक रहेको भन्दै फेसबूकमा पोस्ट गरेकी थिइन् ।
के कारणले गर्दा स्वार्ज बेहोश भएको स्पष्ट छैन । तर अर्को टीभीमा काम गर्दा सन् २०१४ मा पनि स्वार्ज यसैगरी ढलेको बताइएको छ ।
🚨#WATCH: As terrifying moment happened when a CBS LA meteorologist collapsed live on air
— R A W S A L E R T S (@rawsalerts) March 19, 2023
📌#LosAngeles | #California
Terrifying moment shows when a CBS LA meteorologist Alissa Carlson Schwartz collapsed on-air on Saturday morning while doing a live report her co workers… https://t.co/zkWpaB81yZ pic.twitter.com/tQ9To9spDo