०८ साउन २०८३, शुक्रबार

मोरङको रमाइलो बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी

मोरङको रमाइलो बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी

मोरङको रमाइलो बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा एमालेनिकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।

नेविसंघ र अनेरास्ववियु (क्रान्तिकारी)को गठबन्धनलाई हराउँदै प्यानल नै विजयी भएको हो ।

सभापतिमा मालती रेग्मीले ७० मत ल्याएर विजयी बन्दा अनेरास्ववियु (क्रान्तिकारी) का अनिस कार्कीले ६६ मत ल्याएका थिए ।

अर्का सभापतिका उम्मेदवार होमनाथ घिमिरेले भने २५ मत ल्याए।

सचिवमा खगेन्द्र लुइँटेल र कोषाध्यक्षमा  निर्मला दंगाल विजयी भएका छन् । त्यसै गरी सदस्यहरूमा अनेरास्ववियुका सुजता गिरी,लीलामणि श्रेष्ठले र सुजता धिमाल विजयी बने। ​

समानुपातिकमा अनेरास्ववियुबाट ३ जना र गठबन्धनबाट नेविसंघका २ जना निर्वाचित भएका निर्वाचन समितिका संयोजक गंगा यादवले बताए ।

कुल १९६ विद्यार्थी रहेकोमा मा १६२ मत खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्