
मोरङको रमाइलो बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा एमालेनिकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।
नेविसंघ र अनेरास्ववियु (क्रान्तिकारी)को गठबन्धनलाई हराउँदै प्यानल नै विजयी भएको हो ।
सभापतिमा मालती रेग्मीले ७० मत ल्याएर विजयी बन्दा अनेरास्ववियु (क्रान्तिकारी) का अनिस कार्कीले ६६ मत ल्याएका थिए ।
अर्का सभापतिका उम्मेदवार होमनाथ घिमिरेले भने २५ मत ल्याए।
सचिवमा खगेन्द्र लुइँटेल र कोषाध्यक्षमा निर्मला दंगाल विजयी भएका छन् । त्यसै गरी सदस्यहरूमा अनेरास्ववियुका सुजता गिरी,लीलामणि श्रेष्ठले र सुजता धिमाल विजयी बने।
समानुपातिकमा अनेरास्ववियुबाट ३ जना र गठबन्धनबाट नेविसंघका २ जना निर्वाचित भएका निर्वाचन समितिका संयोजक गंगा यादवले बताए ।
कुल १९६ विद्यार्थी रहेकोमा मा १६२ मत खसेको थियो ।