२४ जेठ २०८३, आइतबार

सभामुख घिमिरेले पत्रकारमाथि गरेको टिप्पणीप्रति आत्मालोचना गर्नुपर्छ : महामन्त्री शर्मा

सभामुख घिमिरेले पत्रकारमाथि गरेको टिप्पणीप्रति आत्मालोचना गर्नुपर्छ : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरेले पत्रकारिता पेसा र पत्रकारको व्यावसायिक मर्यादामा आँच पु¥याउने गरी दिएको अभिव्यक्तिप्रति विमति जनाएका छन्। सभामुख घिमिरेले पत्रकारमाथि गरेको टिप्पणीप्रति आत्मआलोचना गर्नुपर्ने महामन्त्री शर्माको भनाइ छ । 

आज सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले देशमा लोकतान्त्रिक रूपान्तरणका लागि आफैँ संलग्न भएको राज्यको चौथो अङ्गका रूपमा रहेको पत्रकारिता क्षेत्रप्रतिको अभिव्यक्ति आपत्तिजनक भएको टिप्पणी गरे । सभामुखले देशको चौथो अङ्गको सन्दर्भमा बोल्नुभन्दा अगाडि हजार पटक सोच्नुपर्ने बताउँदै उनले भने, “सभामुखले जे बोल्नुभएको छ, त्यो विषय गम्भीर नोटिसमा समाजको सामुन्ने छ, त्यसप्रति हामी सबैको विमति छ ।”

    शुक्रबार सङ्घीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानूनका विषयमा छलफल गर्न र सभामुखलाई बधाई ज्ञापन गर्ने कार्यक्रममा सभामुख घिमिरेले पत्रकार महासङ्घको प्रतिनिधिमण्डललाई ‘पत्रकार बिक्रीमा छन्’ भनी अभिव्यक्ति दिएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्