०५ साउन २०८३, मंगलबार

एमालेले साथ छाडेपछि आज पुनः विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

एमालेले साथ छाडेपछि आज पुनः विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

नेकपा एमाले लगायत दलहरूले समर्थन फिर्ता लिएको परिस्थितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सोमवार प्रतिनिधि सभामा पुनः विश्वासको मत लिँदैछन् ।

संविधानको धारा १००(२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ ।

गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते संसद्को विश्वास लिएका थिए ।

प्रचण्ड नेपाली कांग्रेससँग नजिकिएपछि बनेको १० दलीय गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोसपा र राष्ट्रिय जनमोर्चा लगायतले प्रचण्डलाई विश्वासको मत दिने बताइएको छ । प्रचण्डलाई विश्वासको मत दिने सम्बन्धमा कांग्रेस, एकीकृत समाजवादी र रास्वपाले औपचारिक निर्णय नै गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्