×

Nic Asia
Prabhu Bank

गुठिचौरमा स्वयंसेवक शिक्षक नराखिने

चैत ६, २०७९

NTC
Marvel
प्रतिकात्मक तस्वीर
Premier Steels
IME BANK INNEWS

अब गुठिचौर गाउँपालिकामा स्वयंसेवक शिक्षक नराखिने भएको छ । 

yONNEX
Frooti
Appy

गाउँपालिकाको शिक्षा ऐन तथा शिक्षा ऐन २०२८ लाई आधार बनाएर ‘शिक्षण सिकाइ अनुदान कोटामा स्वयंसेवक शिक्षक नियुक्तिसम्बन्धी कार्यविधि २०७९’ कार्यान्वनयमा ल्याउने गरी कार्यपालिकाले पारित गरेको थियो ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

स्वयंसेवक शिक्षक नियुक्तिको विषयलाई लिएर अध्यक्ष दानबहादुर बुढा र प्रमुख प्रशासकीय अधिकृत देवकी रावतबीच विवाद भएको थियो । यसअघि पनि पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहबहादुर खत्रीले पनि स्वंयसेवक शिक्षकलाई समानीकरण अनुदानबाट खर्च गर्न नसकिने भन्दै पालिकाको १२औं गाउँसभाबाट पारित भएको निर्णयअनुसार काम गर्न नसकिने बताएका थिए ।


Advertisment
Lokantar App
Saurya island

जुम्ला तथा छिमेकी जिल्लाको अभ्यास हेरेर शिक्षक अभाव हल गर्न र विद्यालयको शैक्षिक सुदृढीकरण (स्वयंसेवक शिक्षक) शीर्षकमा ४५ लाख र कम्प्युटर शिक्षक व्यवस्थापनमा ८ लाख ६० हजार विनियोजन गरेको गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताए ।

JYOTI
Vianet communication

उनले पालिकाको शैक्षिक अवस्थालाई हेरेर काम सघाउन प्रमुख प्रशासकीय अधिकृत रावतलाई दबाब दिँदै आएका थिए । प्रमुख प्रशासकीय अधिकृत रावतले पालिकाको आन्तरिक स्रोतले नभ्याउने र माथिबाट आएको बजेटबाट स्वयंसेवक शिक्षक भर्ना गर्न नमिल्ने प्रतिक्रिया दिएपछि अध्यक्ष बुढा र रावतबीच विवाद उत्पन्न भएको थियो ।

‘यसअघिका प्रमुख प्रशासकीय अधिकृत खत्रीले स्थानीय कार्यविधिअनुसार काम गर्न नमान्दा विवाद भयो । उहाँ सरुवा भएर जानुभयो,’ अध्यक्ष बुढाले भने, ‘त्यसपछि आएकी प्रमुख प्रशासकीय अधिकृत रावतले पनि स्वयंसेवक शिक्षक भर्ना गर्न मिल्दैन भन्दा काम गर्न समस्या भयो ।’

अध्यक्ष बुढाले प्रशासकीय अधिकृतलाई स्वयंसेवक शिक्षक भर्ना प्रक्रिया अगाडि बढ्ने गरी काम गर्न र यदि त्यसो गर्न नसकिने अवस्था भए विद्यालयलाई त्यो रकम अनुदान दिन दबाब दिएका थिए । अधिकृत रावतले अध्यक्षले भनेबमोजिम काम हुन नसक्ने भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिएको रायअनुसार काम गर्ने अडान राखेकी थिइन् ।

मन्त्रालयले फागुन २८ गते पठाएको पत्रअनुसार स्वीकृत दरबन्दी बाहेकका स्वयंसेवक शिक्षकको तलब भत्ता चालू प्रकृतिको प्रशासनिक खर्चअन्तर्गत पर्ने देखिएकाले खर्च संघीय सरकारले व्यहोर्न नमिल्ने स्पष्ट जानकारी दिएपछि अब भने गाउँपालिकाको स्वयंसेवक शिक्षक भर्ना कार्य रोक्ने भएको गाउँपालिकाका प्रवक्ता अर्जुन महताराले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ ९, २०८०

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले विद्यार्थीको ट्रान्सक्रिप्ट लगायतका विवरण अब प्रदेश कार्यालयबाट वितरण गर्ने भएको छ ।  परिषद्को परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक प्रमोदभक्त ...

जेठ १३, २०८०

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले ६४० विद्यार्थीलाई यस वर्षदेखि आवासीय सुविधा र निर्वाह भत्तासहित निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराएको छ । परिषद् प्राविधिक शिक्षाको पहुँच नपुगेका ९९...

जेठ ९, २०८०

नेपाल सरकारले ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधारमानी अबदेखि हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको हो ।...

जेठ ९, २०८०

कालीकोटको महाबै गाउँपालिका–२ पादमघाटस्थित तिला माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ । सोमवार दिउँसो कक्षामा शिक्षकले पढाइरहेका बेला विद्यार्थी बेहोस भएर ढल्न थालेपछि...

जेठ ८, २०८०

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले विद्यार्थीको ट्रान्सक्रिप्ट लगायतका विवरण अब प्रदेश कार्यालयबाट वितरण गर्ने भएको छ ।  परिषद्को परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक प्रमोदभक्त...

जेठ ६, २०८०

शिक्षाकर्मीले स्वदेशका विश्वविद्यालयलाई गुणस्तरीय बनाई उच्च शिक्षाका नाममा विद्यार्थी विदेशिने क्रम रोक्न आग्रह गरेका छन् । ‘उच्चशिक्षाको वर्तमान अवस्था’बारे उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान), ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

जेठ १४, २०८०

सामान्यतया  रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार  भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...

ad
x