
त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवार श्याम ओझा निर्वाचित भएका छन् ।
आइतबार भएको निर्वाचनपछिको मतगणनामा ९६२ मत प्राप्त गर्दै ओझा विजयी बनेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी एमाले निकट अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टलाई पराजित गरेका हुन् ।