१० असार २०८३, बुधबार
विश्वासको मत लिँदै प्रधानमन्त्री

संसद्को शतप्रतिशत विश्वास पाउने प्रचण्डको आकांक्षा, एमाले भन्छ– हामी मत दिन्नौं

संसद्को शतप्रतिशत विश्वास पाउने प्रचण्डको आकांक्षा, एमाले भन्छ– हामी मत दिन्नौं

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधामनन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ ।

यसबारे औपचारिक निर्णय लिन एमाले संसदीय दलको बैठक संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । 

सोमवार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रचण्डले विश्वासको मत लिने कार्यसूची छ ।

आइतवार संसद् बैठकबाट बाहिरिने क्रममा प्रचण्डले संसद्का सबै सदस्यको समर्थन पाउने आशा व्यक्त गरेका थिए । 

शतप्रतिशत सांसदको समर्थन पाउने आशा राखेका प्रचण्डले एमालेसँग औपचारिक रूपमा विश्वासको मतका लागि प्रस्ताव समेत राखेका छैनन् ।

संसद्को बैठकमा हुने सम्बोधनका क्रममा प्रधानमन्त्रीले एमालेसँग विश्वासको मतका लागि आग्रह गर्ने उनका एक सहयोगीले जानकारी दिए । 

एमालेले भने प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने तयारी गरेको छ । 

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले यसअघि नै आफूहरूले निर्णय गरेर सरकारबाट बाहिरिएको बताए । 

प्रधानमन्त्रीले सबै सांसदको समर्थन पाउने बताउनु भएको छ नि भन्ने जिज्ञासामा नेम्वाङले हाँस्दै भने, ‘होला नि !’

नेपाली कांग्रेस, नेकपा एस, जसपा र लोसपा लगायतले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्