×

Nic Asia
Dabur
Prabhu Bank

चलचित्र नीति : नीति मात्र कि व्यवहार पनि ?

चैत ६, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

चैत २ देखि सुरु भएको छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो दिन आइतवार ‘चलचित्र नीतिः नीति मात्र कि व्यवहार पनि ?’ विषयक सेसन सम्पन्न भयो ।

yONNEX
Frooti
Appy

भृकुटी मण्डपस्थित पर्यटन बोर्डको हलमा सम्पन्न उक्त सेसनका प्रमुख वक्ताहरूमा चलचित्र विकास बोर्डका सदस्य सचिव टंक महत, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बल र पत्रकार बबिताबस्नेत थिए ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

सेसनको संयोजन डा. सचिन घिमिरेले गरेका थिए ।


Advertisment
Lokantar App
Saurya island

उक्त सेसनमा बोल्दै चलचित्र विकास बोर्डका सदस्य सचिव महतले पुरानै ऐनका आधारमा कार्यविधिहरु बनेर काम गरिरहेको भए पनि आफूहरूले चौतर्फीरुपमा सक्रियता जनाएको बताए ।

JYOTI
Vianet communication

खासगरी मौलिक चलचित्र निर्माण, कलाकारको विकास आदिमा आफूहरू केन्द्रित भएको जनाउँदै उनले नयाँ ऐन आएपछि मात्रै सोचेजस्तो काम हुनेमा विश्वस्त देखिए । नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बलले नेपाली चलचित्र क्षेत्रको सत्तापक्ष को हो ? र, प्रतिपक्ष को हो ? नछुट्टिएको बताउँदै अहिले पनि नीतिगत ‘ल्याकिङ’ रहेको तर्क गरे । 

उनले चलचित्रलाई सफ्ट पावरको रुपमा भन्दा पनि हिरो, हिरोइन नाँच्ने, हसाउँने र मनोरञ्जन गर्ने गराउनेमा सीमित बनाएर बुझेको बताए ।

पत्रकार बविता बस्नेतले चलचित्र नीति राम्रो भए पनि यसको कार्यान्वयन पक्ष भने फितलो देखिएको बताइन् । 

सेसनमा कसले के भने ?
टंक बहादुर महत, सदस्य सचिव चलचित्र विकास बोर्ड 
–    चलचित्र नीति पास भयो । तर, व्यवहारिक रुपमा यसको महत्व कसरी स्थापित भयो भन्ने कुरा चाहिँ महत्वपूर्ण हो । 

–    चलचित्र नीति कसरी कार्यान्वयन भएको छ भन्ने कुरामा धेरै प्रश्न छ । ऐन बन्न नसकेकोले हामी पुरानै ऐन (२०२६ सालको) मा काम गरिरहेका छौं । नयाँ ऐन आएपछि मात्रै हामीले सोचेजस्तो काम हुन्छ ।

–    पुरानै ऐनका आधारमा कार्यविधिहरु बनेर काम गरिरहेको भए पनि हामीले चौतर्फीरुपमा सक्रियता जनाएका छौं । खासगरी मौलिक चलचित्र निर्माण, कलाकारको विकास आदिमा हामी केन्द्रित छौँ ।

फुलमान बल, महाप्रबन्धक, नेपाल टेलिभिजन
–    नेपाली चलचित्र क्षेत्रको सत्तापक्ष को हो ? र प्रतिपक्ष को हो ? छुट्टिएको छैन । अहिले पनि नीतिगत ‘ल्याकिङ’ छ ।

–    जहिल्यै पनि नीति राम्रो बन्छ तर कार्यान्वयन कहिल्यै हुँदैन । 

–    चलचित्र निर्माण सुरु भएको ५० बर्षपछि आएको नीति पनि त्यसै थन्किएको छ । हामी २०२६ सालमा बनेको चलचित्र ऐनलाई आधार मानेर काम गरिरहेका छौं । अर्थात हामी पञ्चायतकालीन नीतिमा चलचित्र क्षेत्र चलाई रहेका छौं ।

–    नेपाली चलचित्र नीतिमाथि ऐन नै बन्न सकेको छैन ।

–    चलचित्रलाई सफ्ट पावरको रुपमा भन्दा पनि हिरो, हिरोइन नाँच्ने, हसाउँने र मनोरञ्जन गर्ने गराउनेमा सीमित बनाएर बुझेका छौँ ।

बबिता बस्नेत, पत्रकार
– चलचित्र नीति राम्रो छ । यसमा उल्लेखित विषयमा धेरै समस्या छैन । कतिपय छुटेका पनि होलान् । तर, यसको कार्यान्वयन पक्ष भने फितलो देखिन्छ । 

– चलचित्र क्षेत्रको चर्चा हुनुपर्ने ठाउँमा हुँदैन । एउटा लेबलमा हुनुपर्ने हुन्छ, चर्चा, परिचर्चा, अन्तरक्रिया । त्यो पटक्कै छैन । अर्थात चलचित्र क्षेत्रलाई महत्व दिइएको छैन ।

– चलचित्रलाई पाठ्यक्रममा नराखिएकाले यसका वारेमा विद्यार्थी अनविज्ञ छन् । जस्तो बच्चादेखि नै हामी धेरै साहित्यकारलाई चिन्थ्यौं र चिन्छौं । यसको कारण पाठ्यक्रममा राखिएर पनि हो ।

– फिचर चलचित्रको सेन्सर हुन्छ । तर, सिरियल र युट्युवको भने हुँदैन । सेन्सर हुन जरुरी छ । यो पनि कानुनको अभावमा भएको हो ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २३, २०८०

साङ्गीतिक जोडी अर्जुन पोखरेल र दुर्गा खरेल पोखरेल चाँडै बाबुआमा बन्दैछन् ।  चर्चित संगीतकार अर्जुन र गायिका दुर्गाले केही वर्षको प्रेम सम्बन्धलाई तीन वर्षअघि विवाहमा परिणत गरेका थिए ।  सामाजिक स...

जेठ २५, २०८०

शुक्रवारदेखि काभ्रेको भकुण्डेबेसीमा हुने दोस्रो सँस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’का लागि १७ वटा फिल्म छनोट भएका छन् ।  ३ दर्जन बढी फिल्ममध्येबाट १७ वटा फिल्मलाई छनोट गरिएको आयोजक सेलि...

जेठ २४, २०८०

अहिलेका व्यस्त अभिनेता दयाहाङ राई नयाँ फिल्ममा अनुबन्धित भएका छन् ।  यार्सा फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म ‘कार्साङ’मा उनी अनुबन्धित भएका हुन् ।  सामाजिक कथामा बन्न लागेको फिल्मम...

जेठ २३, २०८०

लोकप्रिय गायक प्रकाश सपूतले क्यानडामा प्रस्तुति दिने भएका छन् । आफ्नो लोकप्रिय गीत ‘बोल माया’को दोस्रो भाग ल्याउने तयारीमा रहेका यी गायकले आउँदो जुलाई १६ मा ‘सकम्बरी साँझ विथ प्रकाश सपूत&rsqu...

जेठ २४, २०८०

गायिका समीक्षा अधिकारी पछिल्लो समयमा रेकर्डिङमा निकै व्यस्त बन्न थालेकी छिन् । उनले दिनमा पाँच/सात वटासम्म गीत रेकर्ड गर्न थालेकी छिन् ।  रेकर्डिङका तस्वीरहरू उनले सामाजिक सञ्जालमा सेयर गर्दै आएकी छिन् । स...

जेठ २४, २०८०

आगामी शुक्रवारदेखि देशभरका हलमा प्रदर्शन हुन लागेको चलचित्र ‘वेलकम टु हेम्जाकोट’को प्रिमियर शो आयोजना गरिएको छ । काठमाडौंको केएल टावरमा रहेको एफक्युब हलमा आयोजित शोमा उपस्थित अतिीथहरूले चलचि...

गाँजा फाँडेर भीख मागिरहेको देश !

गाँजा फाँडेर भीख मागिरहेको देश !

जेठ २६, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

ad
x