०५ साउन २०८३, मंगलबार

डुब्न लागेको क्रेडिट सुइस बैंकले पायो उद्धारकर्ता

चैत ६, २०७९
डुब्न लागेको क्रेडिट सुइस बैंकले पायो उद्धारकर्ता

स्विटजरल्यान्डको संकटग्रस्त बैंक क्रेडिट सुइसले उद्धारकर्ता फेला पारेको छ । 

त्यो बैंक संकटमा पर्दा विश्व बैंकिङ प्रणालीमा उथलपुथल आएको थियो । 

त्यस उथलपुथललाई रोक्नका लागि यूबीएस नामक एक वित्तीय कम्पनीले क्रेडिट सुइसलाई ३.२५ अर्ब डलरमा किन्ने भएको छ । 

क्रेडिट सुइसका शेयरहरूमा गिरावट आएपछि उसले स्सिव केन्द्रीय बैंकबाट ५४ अर्ब डलरसम्मको ऋण लिन खोजेको थियो । त्यसबाट पनि बैंकका ग्राहक र लगानीकर्ताहरू आश्वस्त हुन सकेका थिएनन् । 

त्यसपछि स्विट्जरल्यान्डका अधिकारीहरूले यूबीएसलाई संकटग्रस्त बैंकको अधिग्रहण गर्न अनुरोध गरेका थिए । 

स्विटजरल्यान्डका राष्ट्रपति अलेन बरसेतले अन्तर्राष्ट्रिय वित्तीय क्षेत्रको स्थिरताका लागि ठूलो कदम भएको बताए । क्रेडिट सुइस अनियन्त्रित ढंगमा पतन भएको भए अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा ठूलो समस्या आउने उनको भनाइ छ । 

क्रेडिट सुइसका अध्यक्ष एक्सल लेहम्यानले यो परिवर्तनकारी सम्झौता भएको बताए । 

उता यूबीएसका अध्यक्ष कोम केहलरले यस अधिग्रहणबाट अपरा सम्भावनाको जन्म हुने बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्