२२ जेठ २०८३, शुक्रबार
विश्वासको मतमाथिको छलफल

एमालेलाई माओवादीको जवाफ– इतिहासको कठघरामा उभिएर जवाफ दिन तयार छौं

एमालेलाई माओवादीको जवाफ– इतिहासको कठघरामा उभिएर जवाफ दिन तयार छौं

सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सहमतिका लागि लिएको कदमबारे इतिहासको कठघरामा उभिएर जवाफ दिन तयार रहेको बताएको छ ।

पुस १० गतेको सहमतिविपरीत कांग्रेससँग सहकार्य गर्नुको कारणबारे एमालेले सोधेको प्रश्नको जवाफमा माओवादीका तर्फबाट यस्तो प्रतिक्रिया आएको हो ।

सोमवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा माओवादीका देवेन्द्र पौडेलले राष्ट्रिय सहमतिको कुरा गर्दा एमालेले सरकार छाडेको आरोप लगाए । 

‘पहिलो दललाई सहमतिमा लिएर जानुपर्ने अहिलेको जनमत हो । त्यही कुरा प्रधानमन्त्रीले गर्नुभएको हो,’ एमालेका विष्णु पौडेललाई जवाफ दिँदै देवेन्द्रले भने । 

त्यसअघि एमाले उपाध्यक्ष पौडेलले पुस १० मा एउटा सहमति गरेर राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने अवस्थाबारे प्रचण्डले इतिहासमा कुनै दिन जवाफ दिनुपर्ने बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्