०१ साउन २०८३, शुक्रबार

बौद्ध विरासतका विषयमा भारतले राख्यो सम्मेलन

चैत ६, २०७९
बौद्ध विरासतका विषयमा भारतले राख्यो सम्मेलन

शाङ्हाई कोअपरेशन अर्गनाइजेशन अन्तर्गत साझा बौद्ध विरासत शीर्षकमा भारतले गत साता एउटा सम्मेलनको आयोजना गरेको द हिन्दू पत्रिकाले खबर दिएको छ । 

उक्त सम्मेलनमा रुस, चीन, पाकिस्तान, ताजिकिस्तान, बेलारुस, बहराइन, म्यान्मार, संयुक्त अरब अमिरात (यूएई) र कजाकस्तानका विद्वान् तथा विज्ञहरू सहभागी थिए । 

भारतले अबका केही महिनापछि विश्व बौद्ध सम्मेलनको पनि आयोजना गर्नेछ ।

मार्च १४ र १५ मा भएको सम्मेलनको आयोजना भारतको संस्कृति मन्त्रालय, विदेश मन्त्रालय र अन्तर्राष्ट्रिय बौद्ध महासंघले गरेका थिए । 

‘परासांस्कृतिक सम्पर्क पुनःस्थापना गर्ने, मध्य एसियाको बौद्ध कला, शैली, पुरातात्त्विक स्थल र एससीओ मुलुकमा रहेको संग्रहालयका प्राचीन वस्तुको अध्ययन गरी साझापन खोज्ने उद्देश्य सम्मेलनले लिएको छ,’ महासंघले जारी गरेको बयानमा उल्लेख छ ।

एससीओ मुलुकहरूका बीचमा साझा सांस्कृतिक सम्बन्ध बनाउन बौद्ध धर्म उपयोगी हुने सम्मेलनका क्रममा एक अधिकारीले बताएको द हिन्दू लेख्छ । 

salt training

कमेन्ट गर्नुहोस्