१५ असार २०८३, सोमबार

ओलीजीले वैशाखपछि हामी सँगै प्रतिपक्षमा हुन्छौं भन्नुभाछ– प्रचण्ड

ओलीजीले वैशाखपछि हामी सँगै प्रतिपक्षमा हुन्छौं भन्नुभाछ– प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकार वैशाखसम्म मात्र रहने भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेको बताएका छन् ।

कांग्रेससँग राष्ट्रपतिबारे सहमति हुनुअघिको अन्तिम भेटमा ओलीले पटक-पटक यो सरकार वैशाखभन्दा उता जाँदैन भनेको जानकारी प्रचण्डले दिए ।

'​केपीजीले छुट्ने बेलामा धेरै नै ठूल्ठूला शिक्षा दिएर पठाउनुभाछ । यसका लागि पनि केपीजीलाई धन्यवाद नै भन्न चाहन्छु,' विश्वासको मतमाथिको प्रस्तावमा उठेका सवालहरूको जवाफ दिने क्रममा प्रचण्डले सोमवार संसदमा भने, '​पटक-पटक उहाँले तपाईं वैशाखभन्दा उता जानुहुन्न । वैशाखमा (सभामुख)को बायाँपट्टिको लबीमा तपाईं र म एकै ठाउँमा हुन्छौं भन्नुभाछ । उहाँको भनाइलाई पुष्टि गर्ने कि फेल गर्ने हामी सबैको हातमा छ ।'

सभामुखको बायाँतर्फ प्रतिपक्षी दलका नेताहरू बस्ने गर्छन् ।

उनले दुवै गएर कांग्रेसलाई राष्ट्रपति दिऊँ भन्ने आफ्नो प्रस्ताव ओलीले नमानेको जिकिर गरे ।

'नेपाली कांग्रेसलाई राष्ट्रपति दिऊँ, तपाईं र म नै गएर भनौं भनेको थिएँ लास्ट दिनमा । उहाँले इमान्दारिता साथ नै भन्नुभयो, त्यो सक्दिनँ । त्यसपछि त हामी सँगै रहने स्थिति बनेन,' प्रचण्डले थपे ।

salt training

कमेन्ट गर्नुहोस्