रातैभरी विमानको ढोका खुला राखेको र त्यसको जिम्मेवारी लिनुपर्ने भन्दै वायुसेवा निगमका दुईजना एरोनटिकल इन्जिनियर निलम्बनमा परेका छ ।
वायुसेवा निगमको एक वाइडबडी विमान १८ मार्चको रातभर ह्यांगरमा राख्दा ककपिटको ढोका खुला भएको पाइएको छ ।
विमानको कपपिटको बायाँतर्फको ढोका बन्द र दायाँतर्फको ढोका रातैभर खुलै छाडेका कारण विमानको निरीक्षण गर्ने दुई इन्जिनीयरलाई ग्राउन्डेड गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले लोकान्तरलाई जानकारी दिए ।
उक्त विमानका दुई इन्जिनीयरलाई अर्को सूचना नभएसम्म काम गर्न नपाउने र वायुसेवा कम्पनीले सोको विषयमा अध्ययन रिपोर्ट दिनुपर्ने निर्णय भएको भुलले बताए ।
उनका अनुसार विमान अवतरण गरी पार्किङमा लगिसकेपछि ढोका राम्रोसँग बन्द भएको हुनुपर्छ । ढोका खुला हुँदा बाहिरबाट अनावश्यक व्यक्तिको प्रवेश हुनसक्ने तथा शंकास्पद वस्तु विमानमा राख्न सक्ने जोखिम भएकाले पनि इन्जिनीयरलाई कारबाहीका लागि ग्राउन्डेड गरिएको छ ।
अब ती इन्जिनीयरले विमानमा कुनै चेकचाँज गर्न पाउँदैनन्, उक्त विमान उडान गर्न भने पाइने प्राधिकरणको भनाइ छ ।