०६ साउन २०८३, बुधबार

विराटनगर महानगरपालिकाले क्रिकेटर राजवंशी र कँडेललाई नगदसहित सम्मान गर्ने

विराटनगर महानगरपालिकाले क्रिकेटर राजवंशी र कँडेललाई नगदसहित सम्मान गर्ने

विराटनगर महानगरपालिका निवासी क्रिकेटर ललित राजवंशी र दीपेश कँडेललाई महानगरपालिकाले नगदसहित सम्मान गर्ने भएको छ । 

नेपाललाई विश्वकप छनोटमा पु¥याउन महत्त्वपूर्ण योगदान गरेका राष्ट्रिय क्रिकेट टोलीका सदस्यद्वय राजवंशी र कँडेललाई महानगरले जनही नगद रु एक लाख एक हजारसहित सम्मान गर्ने भएको हो । 

राजवंशी र कँडेलले क्रिकेटलाई उचाइमा पु¥याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका कारण प्रोत्साहित गर्न नगदसहित सम्मान गर्ने निर्णय गरिएको महानगर प्रमुख नागेश कोइरालाले बताए । 

salt training

कमेन्ट गर्नुहोस्