३१ जेठ २०८३, आइतबार

सरकारी कामकाजमा तामाङ र नेवारी भाषाको प्रयोगका लागि प्रक्रिया अघि बढ्यो

सरकारी कामकाजमा तामाङ र नेवारी भाषाको प्रयोगका लागि प्रक्रिया अघि बढ्यो

नेवारी र तामाङ भाषाको बाहुल्य रहेको बागमती प्रदेशमा नेपालीसँगै सरकारी कामकाजको भाषाका रूपमा नेवारी र तामाङ भाषा प्रयोगका लागि कार्यान्वयन गर्ने प्रक्रिया अगाडि बढाइएको छ । 

 बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितिमा तामाङ र नेवारी भाषा कार्यान्वयन समितिको सम्पन्न बैठकले नेवारी र तामाङ भाषा कार्यावन्यनको प्रक्रिया अगाडि बढाएको हो । 

बैठकले तामाङ र नेवारी भाषा कार्यावन्यनका लागि एक महिनाभित्र ऐन ल्याउने र  त्यसपछि कार्यान्वयन गर्ने भएको जनाएको छ । धेरै सङ्ख्यामा तामाङ र नेवार समुदायको बसोबास रहेको बागमती प्रदेशमा आमनागरिकलाई थप सहज वातावरण बनाउनका लागि सो भाषासम्बन्धी ऐन ल्याउन लागिएको मुख्यमन्त्रीले जानकारी दिए । 
भाषा कार्यान्वयन समितिका अध्यक्ष तथा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले एक महिनाभित्र भाषा कार्यान्वयन  प्रक्रिया पूरा गर्नका लागि वैशाखभित्र संसद्मा पेश गरिने बताइन् । रासस

salt training

कमेन्ट गर्नुहोस्