जेठ २४, २०८०
सर्वोच्च अदालत बार एशोसिएशनले नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल रहेको ठहर गरेको छ । बारको मंगलवार बसेको आकस्मिक बैठकपछि अध्यक्ष हर...
चैत ७, २०७९
नेपाली नागरिकले विदेशमा समलिङ्गी विवाह गरेका दम्पतीलाई गैरपर्यटकीय भिसा दिन अध्यागमन विभागलाई सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिएको छ ।
२०७९ पुस ४ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय टंकबहादुर मोक्तान र हरिप्रसाद फुयालको संयुक्त इजलासले गरेको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ ।
नेपालमा समलिङ्गी विवाहलाई मान्यता नदिएको हुनाले समलिङ्गी विवाह दर्ता प्रमाणपत्र नभएका कारण दम्पतीलाई अध्यागमन विभागले नेपालमा गैरपर्यटकीय भिसा दिन इन्कार गरेपछि सर्वोच्च अदालतले त्यस्तो निर्देशानात्मक आदेश गरेको हो ।
सर्वोच्चको आदेशको पूर्णपाठमा भनिएको छ, ‘लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका नेपाली नागरिकसँग दाम्पत्य सम्बन्ध कायम रहेका व्यक्तिलाई गैरपर्यटकीय भिसा प्राप्त गर्ने कार्यविधिमा अध्यागमन नियमावली २०५१ को अनुसूची २(क) को बुँदा नम्बर ११ को पति/पत्नी भनी विवरण भर्नुपर्ने व्यवस्था अवरोधकको रूपमा भइरहेको उत्कट समुदायका व्यक्तिको पहिचान, सम्मान, विवाह तथा निर्वाध रूपमा पारिवारिक जीवन सञ्चालन गर्न पाउने हकको उपभोगलाई निस्तेज पार्न सक्ने उच्च जोखिम हुने भएकाले उक्त बुँदा नम्बर ११ मा आवश्यक संशोधन गरी भविष्यमा उक्त लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका नेपाली नागरिकसँग दाम्पत्य सम्बन्ध कायम गर्ने विदेशी नागरिकले गैरपर्यटकीय भिसा प्राप्त गर्न सहज हुने गरी प्रवन्ध गर्नू भनी विपक्षीका नाममा निर्देशनात्मक आदेश समेत जारी गरिदिएको छ ।’
काठमाडौं महानगरपालिका–११ बस्ने अधीप पोखरेल कामको सिलसिलामा जर्मनी पुगेपछि जर्मन नागरिक टोबियास वोल्जसँग समलैंगिक विवाह गरेका थिए । दुवै जना समलिङ्गी भएका कारण एकअर्कामा मन पराई २०७५ कात्तिक २ गते जर्मन कानून अनुसार समलिङ्गी विवाह गरेका थिए । जर्मनीमा उनीहरूले विवाह दर्ता प्रमाणपत्र समेत प्राप्त गरेका थिए ।
विवाहपश्चात जर्मन नागरिक टोबियास अध्यागमन विभागमा गई नेपालको अध्यागमन कानूनअनुसार २०७९ साउन ३ गते पहिलोपटक गैरपर्यटकीय भिसाको आवेदन दिँदा अध्यागमन विभागले त्यसमा कुनै कारवाही अगाडि बढाएन ।
त्यसपछि नेपाली नागरिक रहेका अधिप पोखरेलले नेपालमा पनि काठमाडौं महानगरपालिकामा विवाह दर्ता प्रमाणपत्र माग गरी निवेदन दिँदा समलिङ्गी विवाह दर्ता प्रमाणपत्र दिन नेपालमा प्रावधान नरहेको भन्दै काठमाडौं महानगरपालिकाले विवाह दर्ताको प्रमाणपत्र जारी गरेन ।
त्यसपछि टोबियासले गैरपर्यटकीय भिसा दिलाइदिन भन्दै सर्वोच्च अदालतमा रिट दिएका थिए । सोही रिटमा सर्वोच्च अदालतले आदेश गर्नुका साथै केही विषयहरूमा सम्बन्धित निकायलाई ध्यानाकर्षण समेत गराएको छ ।
सर्वोच्च अदालत बार एशोसिएशनले नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल रहेको ठहर गरेको छ । बारको मंगलवार बसेको आकस्मिक बैठकपछि अध्यक्ष हर...
जिल्ला अदालत काठमाडौंमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान शुक्रवार सकिएको छ । प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान सकिएको हो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासम...
राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी विरुद्धको रिटमा सर्वोच्च अदालतले अग्राधिकारसहित कारण देखाऊ आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले विपक्षीहरूको नाममा ...
नक्कली शरणार्थी प्रकरणमा प्रतिवादी सानु भण्डारीलाई मुख्य योजनाकार तथा मुख्य नाइकेको रूपमा प्रस्तुत गरिएकोमा उनका कानून व्यवसायीले आपत्ति जनाएका छन् । सीम कार्ड बेचेर व्यवसाय गुजारा गर्ने व्यक्तिलाई नक्कली शरणार्थी...
नक्कली शरणार्थी प्रकरणसम्बन्धी मुद्दामा सरकारी वकिलहरूको बहस सकिएर जाहेरवाला पक्षको शुरू भएको छ । थुनछेक बहसको तेस्रो दिन थप ३ जनाले बहस गरेपछि सरकारी वकिलहरूलाई छुट्ट्याइएको समय सकिएको हो । मंगलवार सर...
सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि पेश गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुस्मलता माथेमाको संयुक्त इजलासले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणविरुद्ध य...
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...