०५ साउन २०८३, मंगलबार
एआईजीको नागरिकता विवाद

एआईजी ज्ञवालीको नागरिकता छानबिन गर्न गृहलाई अख्तियारको पत्र

एआईजी ज्ञवालीको नागरिकता छानबिन गर्न गृहलाई अख्तियारको पत्र

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको नागरिकता छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

ज्ञवालीले उमेर ढाँटेर जागिर खाएको भन्दै प्रमाणसहित उजुरी परेपछि अख्तियारले छानबिनका लागि सोमवार गृह मन्त्रालयलाई पत्राचार गरेको स्रोतले जानकारी दियो ।

२०५० साल पुस ९ गते भर्नाका लागि खुलेको विज्ञापनमा आवेदन दिएर ज्ञवाली प्रहरी सेवामा भर्ना भएका थिए ।

नागरिकताको प्रमाणअनुसार उनी प्रहरीमा भर्ना हुन पाउने देखिँदैन ।

विज्ञापनको मितिसम्म ज्ञवाली २६ वर्ष भइसकेको देखिन्छ । २५ वर्षसम्म मात्र प्रहरीमा भर्ती हुन पाउने व्यवस्था छ ।

नागरिकता सच्याएर भर्ना भएको आरोप उनीमाथि छ ।

एआईजी ज्ञवालीको सिटरोल र नागरिकतामा जन्ममिति फरक देखिएको समाचार लोकान्तरले यसअघि प्रकाशन गरिसकेको छ ।

उनको जन्ममिति शैक्षिक योग्यताको प्रमाणपत्रमा २०२५ भदौ २६ र नागरिकतामा २०२४ चैत २१ देखिएको छ ।

लोकान्तरलाई प्राप्त नागरिकताअनुसार २०४१ चैत २१ गते १७ वर्ष पुगेको देखिएको छ ।

यस्तै तत्कालीन शिक्षा तथा संस्कृति मन्त्रालयअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले उपलब्ध गराएको प्रमाणपत्रमा उनको जन्म २०२५ साल भदौ २६ गते देखिएको छ ।

ज्ञवाली सोमवार नै एआईजीमा बढुवा भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्