०६ असार २०८३, शनिबार

चीन सीमामा यथास्थिति कायम रहेको भारतका सैन्य कमान्डरको भनाइ

चैत ७, २०७९
चीन सीमामा यथास्थिति कायम रहेको भारतका सैन्य कमान्डरको भनाइ

भारतीय सेनाको नर्दन आर्मी कमान्डर लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदीले लद्दाखमा रहेको वास्तविक नियन्त्रण रेखामा यथास्थिति कायम रहेको बताएका छन् । 

विभिन्न तहमा वार्ताहरू चलिरहेको पनि उनले बताए । 

उधमपुरमा रहेको नर्दन कमान्डका जनरल अफिसर कमान्डिङ–इन–चीफ द्विवेदीले मंगलवार भेटरन्स सम्पर्क भेलामा सम्बोधन गर्ने क्रममा यो कुरा बताएका हुन् । 

भारतीय सेना र चिनियाँ जनमुक्ति सेना सन् २०२० को मे देखि वास्तविक नियन्त्रण रेखाका विभिन्न स्थानमा आमनेसामनेको स्थितिमा छन् ।

पाकिस्तानसँगको नियन्त्रण रेखामा युद्धविराम निरन्तर रहेको पनि द्विवेदीले बताए । पाकिस्तानबाट घुसपैठको प्रयास भए पनि भारतीय सेनाले त्यसलाई सफलतापूर्वक रोकेको उनले बताए । 

 

salt training

कमेन्ट गर्नुहोस्