०५ असार २०८३, शुक्रबार

रवीन्द्र समीरको १३ औं पुस्तक कोरोनातन्त्र बजारमा

रवीन्द्र समीरको १३ औं पुस्तक कोरोनातन्त्र बजारमा

३ दशकदेखि नेपाली साहित्यमा पृथक् पहिचान बनाएका लेखक रवीन्द्र समीरको १३ औं पुस्तक कोरोनातन्त्र बजारमा आएको छ।

लघुकथा विधाका अब्बल सर्जक समीरको यो दशौँ लघुकथा संग्रह हो भने दोस्रो उपन्यास पनि हो।

कोरोनातन्त्र सूत्र उपन्यासभित्र १०१ वटा पृथक् अस्तित्व बोकेका स्वतन्त्र लघुकथा छन् भने ती लघुकथालाई समयको डोरीले बाँधेर सूत्र उपन्यास तयार भएको छ।

कोरोनाको वैश्विक महामारीको शुरुदेखि समाजमा देखिएका डर, हल्ला, उपचारको अनिश्चितता, बेडको अभाव, अक्सिजनको अभाव, सरकारी अकर्मण्यता, खोपबारे उत्पन्न भ्रम तथा महामारीबाट सिर्जित मनोसामाजिक अवस्थालाई समीरले सूत्रात्मक रूपमा बुनेका छन्। 

कोरोनातन्त्रका हरेक लघुकथामा कोरोनाकालका उखान तथा शास्त्रीय भनाइले पुस्तकलाई थप ओजिलो बनाएका छन्।

पुस्तकको केन्द्रीय पात्र डा शर्माको भोगाइ तथा अनुभवले उपन्यास निकै बाँधिएको छ।

हामीले भोगेका निरङ्कुश तन्त्र, प्रजातन्त्र, लोकतन्त्र आदिले जसरी हामीमाथि निर्मम शाशन गरे, त्यसैगरी आँखाले देख्न नसकिने कोरोना भाइरसले कोरोनातन्त्रको नाममा कसरी शाशन गर्यो भन्ने बिम्बलाई पुस्तकमा सुललित रूपमा लेखिएको छ।

इन्डिगो इन्कले बजारमा ल्याएको यो पुस्तक महामारीको जीवन्त दस्ताबेजको रुपमा रहने विश्वास गरिएको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्