जेठ २४, २०८०
मौसम पूर्वानुमान महाशाखाले देशका तराईका भूभागमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिएका कारण तातो हावा र लू चल्ने जनाएको छ । बुधवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले पहाडी भू...
मौसम पूर्वानुमान महाशाखाले बुधवार कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ ।
बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा तराई भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुँदा मेघगर्जन, चट्याङ तथा हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । महाशाखाका अनुसार हाल कोशी र मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
बुधवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र देशका बाँकी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बुधवार राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक, हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बिहीवार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाइएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र देशका बाँकी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक, हल्का वर्षाको सम्भावना छ ।
बिहीवार राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक, हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शुक्रवार दिउँसो लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बाँकी पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक, हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शुक्रवार राति गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका साथै पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बाँकी पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले देशका तराईका भूभागमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिएका कारण तातो हावा र लू चल्ने जनाएको छ । बुधवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले पहाडी भू...
नक्कली शरणार्थी प्रकरणमा चौथो दिनको सुनुवाइका क्रममा प्रतिवादी केशव दुलालका तर्फबाट अधिवक्ता विकास भट्टराईले बहसको शुरूआत गरे । दुलाल कसूरदार नभएर उल्टै पीडित भएको उनको जिकिर थियो । ठगीको परिभाषा भित्र पर्नुप...
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले केही निहित स्वार्थ बोकेका व्यक्तिहरूले आफूलाई किराना लगाउन खोजेको दाबी गरेका छन् । पार्टीको नवलपरासी जिल्ला समितिद्वारा बुधवार परासीमा आयोजित स्वागत तथा भेटघाट ...
नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीको उल्लंघन गरेको आरोप लगाएका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद दाहालले सोमवारको बैठकमा प्रधा...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी विरुद्धको र...
कोशी प्रदेश सरकारले प्रदेशको नामकरणमा असन्तुष्ट पक्षसँग वार्ता गर्न समिति बनाएको छ । आज (बुधवार) बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले नामकरणमा असन्तष्टि जनाउँदै आन्दोलनरत पक्षसँग वार्ता गर्न खानेपानी तथा सिचा...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...