१० साउन २०८३, आइतबार

स्वतन्त्र प्रदेशसभा सदस्य पुनले रोजे माओवादी केन्द्र

स्वतन्त्र प्रदेशसभा सदस्य पुनले रोजे माओवादी केन्द्र

लुम्बिनी प्रदेश सभाका स्वतन्त्रबाट निर्वाचित प्रदेशसभा सदस्य सुरुल पुनले नेकपा माओवादी केन्द्र रोजेका छन् ।

उनले मंगलवार माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयलाई पत्र पठाउँदै माओवादी केन्द्र रोजेको बताएका हुन् ।

पुन रुकुमपूर्वको क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए । तत्कालीन गठबन्धनका साझा उम्मेदवार तेजबहादुर वलीलाई हराउँदै उनी विजयी भएका थिए ।

पुनले माओवादी केन्द्रबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी पुनः माओवादी केन्द्रमै फर्किएका छन् । 

यसअघि रोल्पाबाट निर्वाचित स्वतन्त्र सांसद दीपेन्द्र पुनले पनि माओवादी केन्द्र रोजेका थिए । उनले पनि गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका थिए । पुनले गठबन्धनका उम्मेदवार कांग्रेसका अमर पुनलाई हराएका थिए । यससँगै लुम्बिनीमा माओवादी केन्द्रका प्रदेशसभा सदस्यको संख्या ११ पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्