जेठ १३, २०८०
नेपालमा मात्र पाइने रैथाने प्रजातिका गुराँस म्याग्दीको मौसिज हर्गोज पदमार्गको आकर्षण बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि हुमखोला हुँदै अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौसिस हर्गोज...
बुटवलका केही सामुदायिक स्कूल पढाइ, साधनस्रोत र विद्यार्थी संख्यामा अब्बल रूपमा दरिएका छन् तर एउटा इतिहास बोकेको फरक विद्यालय विद्यार्थी र स्रोतसाधनको अभावले छट्पटिएको छ ।
बुटवल उपमहानगरपालिकाको काखैमा रहेको ज्ञानोदय रात्रि मावि विद्यार्थी अभावले अस्तित्व जोगाउन संघर्षरत छ । नेपालमा ३ वटा मात्र रात्रि विद्यालय छन् ।
विराटनगरमा महेन्द्र मावि, काठमाडौंमा नन्दी मावि र बुटवलमा ज्ञानोदय मावि रातिमा अध्ययन हुने सरकारी शैक्षिक संस्था हुन् ।
पढाउने समयबाहेक ज्ञानोदय ‘नाइट’ स्कूलको अरू विशेषता भेटिन्नन् । अन्य विद्यालयभन्दा फरक केही छ भने यहाँ पढ्न आउने विद्यार्थी नै हुन् । यहाँ अरू विद्यालयका विद्यार्थी घर पुग्दा यहाँका विद्यार्थी स्कूल आइपुग्छन् । ६० वर्षअघि बुटवलका शिक्षा प्रेमीहरूको पहलमा अधुरो शिक्षा पूरा गर्ने उद्देश्यले स्थापित विद्यालय आफैं अधुरो रहने त होइन भन्ने आशंकाबाट गुज्रिएको छ ।
स्थानीय तहको कम चासो र पर्याप्त प्रचार हुन नसक्दा टुकी बालेर पढाइ शुरू गरेको विद्यालय ‘जबरजस्ती’ चलेको छ । रात्रिकालीन पढाइ हुने विद्यालयमा अहिले विद्यार्थी संख्या अति न्यून छ । ५ देखि १० कक्षासम्म पढाइ हुने स्कूलमा १०० भन्दा पनि कम विद्यार्थी छन् । तीमध्ये नियमित विद्यालय आउने अझै कम छन् ।
जहाँ एकातिर ‘ज्ञानोदय रात्रि माध्यमिक विद्यालय र अर्कोतिर ‘ज्ञानोदय मावि विद्यालय’ लेखिएको छ । ज्ञानोदय दिवा र रात्रि मावि नाम रहेको विद्यालयमा दिवा र रात्रि हेर्ने व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, कर्मचारी र प्रशासन फरक–फरक छ । विद्यालय विक्रम संवत् २०२१ सालमा स्थापना भएको हो ।
विद्यालयमा अहिले विद्यार्थी संख्या कम हुँदै गएको विद्यालयका प्रधानाध्यापक गुरू पौडेलले बताए । साँझ ४ बजेदेखि साढे ८ बजेसम्म सञ्चालन हुने विद्यालयमा १२ जना शिक्षक कार्यरत छन् । पढेर बीचमै कक्षा छाडेका, अर्काको घरमा काम गर्ने कामदार, हाटबजारमा तरकारी बिक्री गर्ने, दिउँसो विभिन्न उद्योगमा काम गर्ने श्रमिकहरू नै विद्यालयका विद्यार्थी हुन् ।
‘दिनभर श्रम गरेर पढ्नेहरू धेरै हुनुहुन्छ । घरायसी काम गर्ने कामदार पनि भएकाले कतिपयले घरमा पाहुना आउँदा समेत विद्यालयमा पठाउनुहुन्न । त्यसैले विद्यार्थीहरू विद्यालयमा नियमित हुँदैनन्,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनुदिम मियाँले भने ।
६, ७ र ८ कक्षामा कम्प्युटर विषय अध्ययन गराउँदै आएको विद्यालयले ९ र १० कक्षामा ऐच्छिक अन्तर्गत शिक्षा विषय पढाउँदै आएको छ तर अहिले विद्यालयमा कम्प्युटर शिक्षक नहुँदा अध्ययन नै प्रभावित भएको छ । पौडेलका अनुसार अहिले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू ३५ वर्ष माथिसम्मका छन् । त्यहीँ विद्यालयमा छोराछोरी दिउँसो र बुवाआमा रातिमा पनि पढ्ने गरेका छन् ।
‘कुनै समयमा त नाति, नातिना हुर्काएकाहरू पनि पढ्न आउनुभयो । कतिपय ८–१० वर्ष पढ्न छुटेका विद्यार्थीहरू हुनुहुन्छ,’ अध्यक्ष मियाँले भने, ‘रातिमा पढाइ हुने हुँदा टाढाका विद्यार्थीलाई पालिकाले गाडीको व्यवस्था गरिदिने हो भने विद्यार्थी संख्या बढ्ने थियो । यसको संरक्षण र विकास गर्नु सबैको दायित्व हो ।’
रातिको समयमा कक्षा सकिएपछि विद्यार्थी घर पुग्न गाडी नहुँदा समस्या छ ।
‘यहाँ पढ्ने अरूको घरमा बसेर काम गर्ने अधिकांश विद्यार्थीहरू छन् । घरमा पाहुना आउँदा विद्यार्थी आउँदैनन् । विद्यालयमा आइहाले कतिपयले घरमा पाहुना आए भनेर बोलाएपछि विद्यार्थीहरू जाने गर्छन्,’उनले भने, ‘विद्यार्थीहरूलाई कक्षामा नियमित गराउन पनि हामीलाई चुनौती छ ।’
भवन एउटै प्रयोग हुन्छ, सीप, इलमयुक्त शिक्षा दिलाउन सके धेरैको रोजाइमा पर्न सक्ने विद्यालयको भनाइ छ ।
कसरी स्थापना भयो विद्यालय ?
घ्यूसँग नून साट्ने शहरको परिचय बनाएको त्यो बेलाको बुटवलमा दैनिक मजदुरी गर्नुपर्नेहरू दिउँसोको समयमा पढ्न समय पाउँदैनथे । दिनमा काम गर्नुपर्ने बाध्यता भएकाको पढ्ने इच्छा हुँदाहुँदै पनि पढ्न नपाएपछि बुटवलमा एउटा रात्रिकालीन विद्यालयको सोच आयो । दिउँसो पढाइ छुट्नेहरूलाई राति पनि पढाउन सकिने नयाँ सोचसहित बुटवलमा ज्ञानोदय रात्रि मावि विक्रम संवत् २०२१ सालमा स्थापना भएको हो । त्यो बेला मुलुकमा पञ्चायतको शासन थियो । यहाँ विभिन्न जनवर्गीय संगठनहरू क्रियाशील थिए ।
केही न केही काम जनवर्गीय संगठनले गर्नुपथ्र्यो । बुटवलमा क्रियाशील नेपाल युवक संगठनको प्रयासमा बुटवलका चन्द्रध्वज श्रेष्ठ, दुर्गालाल बजीमय, सुरेन्द्रमणि श्रेष्ठ लगायतले रात्रिमा पनि विद्यालय चलाउनुपर्छ भन्ने नयाँ सोच निकालेर विद्यालय शुरू गरेका थिए ।
पञ्चायती शासनका बेला स्थापना भएको विद्यालयको नाम शुरूमा ‘ज्ञानोदय प्रौढ विद्यालय’ थियो । स्थापनाकालमै ६ देखि १० कक्षासम्म अध्यापन हुन थालेको हो तर राति अध्यापन गराउन कम चुनौती भने थिएन । पञ्चायतकालको समयमा विद्यार्थीहरू कम हुन्थे । शिक्षकहरू पनि आंशिक रूपमा अध्यापन गराउँथे । दिउँसो उद्योग कलकारखानामा काम गर्ने र साँझ मात्र विद्यालयमा विद्यार्थीहरू पढ्न आउँथे ।
‘विद्यार्थीहरू पनि कम हुन्थे । उद्योग, पसलमा काम गर्ने विद्यार्थीहरूलाई ‘ग्रेड’ अनुसार छुट्याएर अध्यापन गराइन्थ्यो,’ विद्यालयका पूर्व अध्यक्ष तथा राप्रपा नेता पुनाराम पोखरेलले भने, ‘अभावका बीचमा शुरू भएको विद्यालयमा शुरूमा टुकी र लालटिन बालेर समेत पढाइयो ।’ पछि मात्र विद्यालयमा बुटवल नगर पञ्चायत, उद्योग वाणिज्य संघ, जिल्ला पञ्चायत विभिन्न संघ/संस्थाको पहलमा आर्थिक अनुदान दिन थालेपछि विद्यालय बिस्तारै तग्रिँदै गएको हो ।
२०२९ सालमा खारेज, २०३८ सालमा ब्युँताइयो
२०२१ देखि ७ वर्षसम्म विद्यालय राम्ररी चलिरहेको थियो । राति विद्यालयमा पढ्ने विद्यार्थीहरू क्रमशः बढिरहेको अवस्थामा विक्रम संवत् २०२८ सालमा देशमा नयाँ राष्ट्रिय शिक्षा पद्धति योजना लागू गर्ने घोषणा सरकारले गर्यो । पहिलोपटक कास्की र चितवनमा लागू भएको योजना दोस्रो चरणमा २०२९ सालमा रूपन्देही जिल्लामा समेत लागू भयो । विद्यालयले दरबन्दी पाउन त टाढाको कुरा, कोटामै नपरेपछि तत्कालीन जिल्ला शिक्षा कार्यालयले परिपत्र जारी गर्दै ज्ञानोदय रात्रि मावि बन्द गर्न परिपत्र गरेपछि विद्यालय खारेज भयो ।
विद्यालयको भवनमा २०३० सालमा पाल्पाको तानसेनमा रहेको शिक्षाशास्त्र इन्स्टिच्यूट (हालको बुटवल बहुमुखी क्याम्पस) सरेर आयो । २०३७ सालमा पुनः विद्यालयलाई व्युँताउने निर्णय भयो तर चलाउने कसरी ? त्यो बेला पनि नगर पञ्चायत र उद्योग वाणिज्य संघले आर्थिक अनुदान दिने उद्घोष गरे ।
बन्द विद्यालय चलाउन कम चुनौती थिएन । संघसंस्थामा विद्यार्थीहरूलाई रात्रिकालमा पढ्न चाहनेहरू माग गरियो ।
तिनाउको बाढीले धन्न नबगाएको !
तत्कालीन बुटवल नगर पञ्चायतका प्रधानपञ्च बृजमान श्रेष्ठको सक्रियतामा विद्यालय व्युँताइयो । १५२ जना पुरुष र ४ जना महिला विद्यार्थी भर्ना हुने भए तर तयारी चल्दाचल्दै २०३८ असोज १३ गते बुटवलमा भीषण बाढी आयो । विद्यालयको भौतिक सम्पति नष्ट भयो । कागजपत्र सबै नष्ट भए तर त्यसबेला श्रेष्ठकै अगुवाइमा फेरि संरचना निर्माण गर्न थालियो ।
२०३८ पुस पहिलो हप्तादेखि रात्रि माविमा पढाइ सञ्चालन भयो । ‘विद्यालयमा बाढी पसेपछि २०२८ सालसम्मका रेकर्डहरू विद्यालयमा भेटिँदैनन्,’ प्रधानाध्यापक पौडेल भन्छन्, ‘अभाव र समस्याबीच चल्दै आएको विद्यालय बिस्तारै अब तंग्रिने क्रममा छ तर विद्यार्थीको खडेरी छ ।’
विद्यालय ब्युँताइएपछि चन्दाबाटै केही वर्ष चलेको विद्यालयका पूर्व शिक्षकहरू बताउँछन् । त्यसपछि २०४१ सालमा सम्बन्धन पाएपछि भने सरकारी सेवासुविधा विद्यालयमा आएको थियो । सम्बन्धन पाएपछि ६ देखि १० कक्षासम्म विद्यालयमा अध्यापन हुन थालेको हो ।
‘विद्यालयको उत्थानमा काम गर्छाैं’
बुटवल उपमहानगरपालिकाको शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले विद्यालयको विकासमा पालिकाले निरन्तर काम र सहयोग गर्दै आएको बताए । ‘पालिकाले ज्ञानोदयको भौतिक विकासदेखि सबै क्षेत्रमा सहयोग गर्दै आइरहेको छ,’ उनले भने, ‘विद्यालयमा प्राविधिक विषय ल्याउन सकेमा विद्यार्थीको आकर्षण हुन सक्नेबारे पनि हाम्रो सोचाइ छ ।’
नेपालमा मात्र पाइने रैथाने प्रजातिका गुराँस म्याग्दीको मौसिज हर्गोज पदमार्गको आकर्षण बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि हुमखोला हुँदै अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौसिस हर्गोज...
‘फ्ल्यास ब्याक’मा दुई दशकअघि फर्कौं । २०६० साल चैत १० गते । मुलुकमा संकटकाल थियो । राजा ज्ञानेन्द्र अभिनन्दन लिँदै हिँडेका थिए । चैत १५ गते पोखरामा अभिनन्दन लिने कार्यक्रम थियो । तर, १...
रूपन्देहीको सैनामैनाकी यशोदा थापाले १ दशकअघि ‘प्लस टु’ पढ्दै गर्दा सांकेतिक भाषा (दोभाषे) को तालिम लिइन् । कान सुन्न नसक्नेहरूका पीडाले थापालाई सांकेतिक भाषा सिक्न उत्प्रेरित गर्यो । अपाङ्ग...
हरिचौर बजार बागलुङको पुरानो जिल्ला सदरमुकाम हो । साँघुरा ठाउँमा अव्यवस्थित बस्ती । त्यसले गर्दा बजारको सौन्दर्यता हराउँदै गएको छ तर गलकोट नगरपालिकाले बजारको सौन्दर्यलाई जोगाइराख्न व्यवस्थित बजारका रुपमा विकास ग...
सन् २०१० तिर डा. प्रमोद लामिछाने काठमाडौं विश्वविद्यालय अन्तर्गत ललितपुरको बी एन्ड बी (बास्कोटा एन्ड वैद्य) अस्पतालमा रेसिडेन्ट डाक्टरको रूपमा कार्यरत थिए । दुर्घटनाका बिरामी रातिको समयमा पनि आउने भएकाले अबेरस...
पप्पु अन्सारीको ३ वर्ष पहिले र अहिलेको दिनचर्या फरक छ । ३ वर्षअघिसम्म उनी विराटनगरको निजी विद्यालयमा पढाउँथे । शिक्षक हुँदा तलब कहिले आउँछ भनेर चिन्ता गर्ने पप्पुलाई अहिले तलब कसरी खुवाउने भन्ने चिन्ता...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...