०५ असार २०८३, शुक्रबार

गूगलले अमेरिका र बेलायतमा ल्यायो बार्ड, च्याटजीपीटीलाई चुनौती दिने प्रयास

चैत ८, २०७९
गूगलले अमेरिका र बेलायतमा ल्यायो बार्ड, च्याटजीपीटीलाई चुनौती दिने प्रयास

गूगलले प्रयोगकर्ताहरूका लागि नयाँ घोषणा गरेको छ । 

उसले च्याटजीपीटीलाई चुनौती दिनका लागि आर्टिफिशियल इन्टेलिजेन्स मोडल बार्डको एक्सेस खुला गरेको छ । 

तत्कालका लागि अमेरिका र बेलायतका प्रयोगकर्ताहरूले मात्र यसको पहुँच पाउनेछन् । अन्य देशका प्रयोगकर्ताहरूलाई केही समय प्रतीक्षा गर्न भनिएको छ । 

बार्डलाई परीक्षण गर्नका लागि यो पहुँच खुला गरिएको हो । 

बार्ड शुरूमा ल्याउँदा सफल हुन सकेको थिएन । त्यसले अनेकौं गलत तथा हास्यास्पद उत्तरहरू दिएको थियो । 

त्यसपछि कम्पनीले मोडलमा सुधार गर्ने वाचा गरेको थियो । अब बार्डको परीक्षणका लागि प्रयोगकर्ताहरूको फीडब्याक आवश्यक मानिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्