
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी अयोग्य लडाकूलाई रकम दिने भन्ने निर्णय नभएको नेपाली कांग्रेसका नेता रमेश लेखकले बताएका छन्।
बुधबार साँझ बसेको सत्ता गठबन्धनको बैठकपछि नेता लेखकले यसबारे प्रधानमन्त्रीले निर्णय नगरेको पुष्टि गरे।
सरकार विस्तार लगायत विषयमा भने सामान्य छलफल भएको उनको भनाइ थियो।
'समसामयिक राजनीतिक परिस्थितिबारे सत्ता गठबन्धनका केही नेता बसेका हौँ, आज सरकार विस्तार गर्ने विषयमा प्रारम्भिक छलफल भएको छ, चाँडोभन्दा चाँडो सरकारलाई पूर्णता दिने विषयमै बैठक केन्द्रित भएको हो,' उनले भने।
बैठकमा प्रधानमन्त्री दाहालसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।