
नुवाकोटको ‘गल्छी–रसुवागढी’ सडक योजनाको कार्यालयमार्फत विस्तार भइरहेको अन्तर्राष्ट्रिय राजमार्गअन्तर्गत पहिरो नियन्त्रण कार्यक्रममध्ये नुवाकोटसँगको सीमा क्षेत्र धादिङको गल्छीमा भइरहेको ‘रड एकरिङ’ ।
सडक निर्माणको क्रममा ठूलो पहिरो गएपछि थप ठेक्का लगाई ३३ करोड ७३ लाख रुपैयाँमा गल्छीसहित नुवाकोटको जिलिङ र तिरतिरे भीरमा पहिरो नियन्त्रणको काम भइरहेको छ । तस्वीर : रामहरि न्यौपाने/रासस