२६ जेठ २०८३, मंगलबार

महेन्द्र क्याम्पस दाङमा कम्युनिष्ट विद्यार्थीको गठबन्धनलाई हराउँदै नेविसंघ विजयी

महेन्द्र क्याम्पस दाङमा कम्युनिष्ट विद्यार्थीको गठबन्धनलाई हराउँदै नेविसंघ विजयी

दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) विजयी भएको छ ।

नेविसंघका मनोज डिसीले अखिल संयुक्तका उम्मेदवार हिमाल महरालाई हराउँदै निर्वाचित भए।

स्ववियुमा नयाँ नेतृत्व चयनका लागि बुधबार भएको मतदानको मतपरिणामअनुसार विजयी डिसीले १ हजार ९६ मत प्राप्त गर्दै जिल्लाकै सबैभन्दा पुरानो र धेरै विद्यार्थी अध्ययनरत क्याम्पसको स्ववियु सभापतिमा विजयी भए । पराजित महराले ६२० मत मात्रै प्राप्त गरे ।

क्याम्पसमा एमालेनिकट अनेरास्ववियु, माओवादीनिकट अखिल क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौँले तालमेल गरेका थिए ।

सचिवमा ९५५ मत प्राप्त गर्दै नेविसंघकै वसन्त भण्डारी विजयी भए। उनका प्रतिस्पर्धी अखिल संयुक्तका रविभक्त केसीले ५८३ मत मात्र ल्याउन सके । कोषाध्यक्षमा पनि नेविसंघकै ममता केसी ९९६ मत विजयी भइन्। अखिल संयुक्तका सागर पण्डितले ६ सय ९४ मत प्राप्त गरि पराजित भए ।

सदस्यमा नेविसंघका वसन्त कँडेल,सुरेश पोख्रेल,विवेक खनाल,जीवन डिसी,अनिष कुमार चौधरी, रमिला चौधरी, पुष्पकमल दाहाल र अनेरास्वियुका सविन पोख्रेल विजयी  भएका छन् ।

चैतको ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने कार्यतालिका रहे पनि विप्लवनिकट अखिल क्रान्तिकारीले गरेको तालाबन्दीका कारण चैत ८ गते महेन्द्र बहुमुखी क्याम्पसमा निर्वाचन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्