०५ साउन २०८३, मंगलबार

अर्थतन्त्रमा गम्भीर अवस्थामा छ, सरकार र निजी क्षेत्र एक हुनुपर्छ- सभामुख

अर्थतन्त्रमा गम्भीर अवस्थामा छ, सरकार र निजी क्षेत्र एक हुनुपर्छ- सभामुख
फाइल तस्वीर

सभामुख देवराज घिमिरेले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनको लागि सरकार र निजी क्षेत्र एक ठाउँमा आउन आवश्यक रहेको बताएका छन्। 

शनिबार धुलिखेलमा भएको नेपाल राष्ट्रिय व्यवसायी महासंघको पाँचौं साधारण सभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन सरकार,संसद र निजी क्षेत्र एक ठाउँमा आउन आवश्यक रहेको बताएका हुन्।

उनले व्यवसायीहरूलाई व्यवसाय चलायमान बनाउन उत्साहित तथा प्रोत्साहन गर्नुपर्ने भन्दै त्यस्तो काम हुन नसकेको बताए।

उनले यस्तो अवस्थामा एकतर्फी रूपमा बैंकको ब्याजदर वृद्धि गर्न नहुने भन्दै वर्तमान परिस्थितिलाई चाँडै अन्त्य गर्न सरकार,संसद,सांसद र निजी क्षेत्रको भूमिका एक ठाउँ ल्याउन आवश्यक भएको बताए।

पछिल्लो समय बैंकको ब्याजदर वृद्धिलगायत व्यवसायीहरूका अन्य समस्या समाधान गर्न आफूले सक्दो प्रयास गर्ने उनले प्रतिबद्धता जनाए। 

सभामुख घिमिरेले व्यवसायीहरूको आन्दोलन भन्दा वार्ताका माध्यमबाट समस्या समाधानको लागि भूमिका खेल्न आवश्यक रहेको उल्लेख गरे।

उनले देशको अर्थतन्त्रमा गम्भीर स्थिति देखापरेको भन्दै त्यसको सामना गर्न सबैले आ– आफ्नो ठाउँबाट  लाग्न जरुरी रहेको बताए।

महासंघले साधारण सभामार्फत बैंकको ब्याजदर एकल अंकमा ल्याउन आवश्यक पहल गर्न माग गरेको छ ।

महासंघले समय उद्योगी व्यवसायीहरूका समस्या समाधान गर्न सरकार गम्भीर हुन पनि भनेको छ। 

salt training

कमेन्ट गर्नुहोस्